© २०२३
काठमाडौँ ।
एनसेलले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)मा सबैभन्दा बढी रकम सरकारलाई बुझाएको छ। कम्पनीले दुई शीर्षकमा मात्रै गत वर्ष २ अर्ब बढी राजस्व दाखिला गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/०८० मा रोयल्टीअन्तर्गत १ अर्ब ४७ करोड रुपैयाँ बुझाएको छ भने आरटीडीएफबापत ७३ करोड ७५ लाख रुपैयाँ सरकारलाई बुझाएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा सरकारलाई बुझाएको यस्तो रकममा रोयल्टी १ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी आरटीडीएफमा योगदान ७९ करोड १ लाख थियो।
दूरसञ्चार कम्पनीहरुले सरकारलाई दूरसञ्चार सेवा शुल्क, मूल्यअभिवृद्धि कर, स्वामित्व कर, भन्सार शुल्क, अग्रिम कर, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा योगदान, लाइसेन्स नवीकरण शुल्क र फ्रिक्वेन्सी शुल्कलगायतका शीर्षकहरुअन्तर्गत कर तथा शुल्कहरु दाखिला गर्दछन्।
त्यसमा रोयल्टी र आरटीडीएफ मात्रै २ अर्ब बढी तिरेको हो।