© २०२३
बुटवल, ८ माघ । देवदहमा जारी तेस्रो वडाअध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा खस्यौली एफसी विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । शान्ति टोल युवा परिवारको आयोजनामा देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको मंगलबार भएको क्वाटरफाईनलमा आदर्श युवा क्लबलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै खस्यौली अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । खस्यौलीको गोलकिपर गोलकिपर अनुप थापाले उत्कृष्ट बचाव गर्दै खेलमा टिमलाई जित दिलाए । उनि खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए । लयमा रहेको खस्यौलीले बुधबार सेमीफाईनलमा आरकेएफसी, बुटवलसंग सामना गर्ने छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने क्लबका अध्यक्ष मोहन थापाले बताए ।