© २०२३
तिलोत्तमा,८ फागुन । तिलोत्तमामा जारी तिलोत्तमा कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा वडा नं ३ र १७ विजयी भएका छन् । नव जीवन क्बको खेल मैदानमा भएको तिलोत्तमा ३ र तिलोत्तमा १० बिचको पहिलो खेलमा तिलोत्तमा ३ २६ रनले विजयी भएको हो । उक्त खेलमा सुमन थापा मगर म्यान अफ द म्याच घोषित भएका छन् । यस्तै तिलोत्तमा १ र तिलोत्तमा १७ बिचको दोस्रो खेलमा तिलोत्तमा १७ आठ विकेटले विजयी भएको हो । उक्त खेलमा कमल न्यौपाने म्यान अफ द मयाच घोषित भए ।
भोलि फागुन ९ गतेको पहिलो खेल तिलोत्तमा ४ र तिलोत्तमा १६ तथा दोस्रो खेल तिलोत्तमा २ र तिलोत्तमा ७ बचि प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक एवं आयोजक नवजीवन क्लबका उपाध्यक्ष सागर पाठकले बताए । तिलोत्तमा नगरपालिका समेत आयोजक र नगरपालिकाकै आर्थिक सहयोगमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा तिलोत्तमाका १७ वडा मध्ये वडा नंं १२ वाहेक १६ वडाका टिमको सहभागिता छ । फागुन १३ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्स म्यानले ५ हजारका दरले पुरस्कार पाउने क्लबका अध्यक्ष केशव भुसालले बताए ।