© २०२३
बुटवल, ७ माघ । देवदहमा जारी तेस्रो वडाअध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा आदर्श फुटबल क्लब र खस्यौली एफसी विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन । शान्ति टोल युवा परिवारको आयोजनामा देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको सोमबारको खेलमा आदर्शले सयपत्री युवा क्लबलाई टाईब्रेकरमा ३–१ तथा खस्यौलीले सृजनशील युवा क्लबलाई ४–० गोलले अन्तरले पराजित गरेको हो ।
पहिलो खेल निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि टाईब्रेकरमा धकेलिएको थियो । खेलमा आदर्शका गोलरक्षक रिजन गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा खस्यौलीले सृजनशील युवा क्लबमाथि शानदार जित निकाल्यो । खस्यौलीको जितमा सुरज मल्ल ठकुरीले दुई तथा निरज थापा र रिम्बा सुनारले थप एक–एक गोल गरे । खेलमा खस्यौलीका सुरज मल्ल ठकुरी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने क्लबका अध्यक्ष मोहन थापाले बताए ।