© २०२३
बर्दघाट, ७ फागुन। बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा सातौ बर्दघाट कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक ब्यापार मेला २०८० आयोजना हुने भएको छ । मेला आयोजनाबारे सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । कृषि, पर्यटन, उद्योग र ब्यापार, समृद्ध बर्दघाटको बलियो आधार भन्ने मुल नाराका साथ बर्दघाट नगरपालिका हरियाली नगर स्थित बर्दघाट मण्डपमा आयोजना हुने महोत्सवले बर्दघाट नगरलाई पर्यटकिय नगरको रुपमा परिचित गराउदै समग्र आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउने सँघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।
महोत्सव फागुन १७ देखी फागुन २९ सम्म आयोजना गरिने र मेलामा लघु उद्यम, घरेलु तथा स्थानिय कृषि लगायत स्थानिय उत्पादन परिचित गराउने स्टलहरु मेलामा रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
१२ दिनसम्म सँचालन हुने महोत्सवमा दैनिक उपभोग्य सामाग्री जडिबुटी तथा कुटिर उद्योगका उत्पादनको समेत प्रदर्शनी गरिने बताइएको छ । राष्ट्यि एवं स्थानिय कलाकारहरुको प्रस्तुतीले साँगीतिक माहौल श्रृजना गराइ अवलोकन कर्तालाई साँगितिक वातावरण प्रदान गरिने सँघका महासचिव गंगा प्रसाद पाठकले बताए ।
मेलामा २ सय ५० बढि स्टल रहने, कृषि र लघुउद्यमका स्टल निशुल्क रहने समेत जानकारी गराइएको थियो । करिव १ लाख ५० हजार अवलोकनकर्ताले मेला अवलोकन गर्ने अपेक्षा रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । करिव ७५ लाख रुपैया खर्च आँकलन गरिएको मेलामा करिव ४ करोडको आर्थिक कारोवारको अपेक्षा रहेको समेत उनले बताए ।