© २०२३
बर्दघाट, ७ फागुन । नेपाल पुलिस क्लवलाई फाईनलमा स्तब्ध पार्दै आठौ सूर्यनगर गोल्डकपको उपाधी बागमती क्लव सर्लाहीले चुमेको छ । सोमबार सम्पन्न प्रतिस्प्रर्धात्मक फाइनल खेलमा गतवर्षको विजेता समेत रहेको पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले उपाधी चुमेको हो । उपाधिसंगै बागमतीले नगद ५ लाख रुपैया ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता पुलिस भने नगद ३ लाख रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट चित्त बुझायो ।
प्रतियोगितामा २५ औ मिनेटमा बागमतीका अभि लामाले गरेको एकमात्र गोल खेलमा निर्णायक बन्यो । निकै प्रतिष्प्रर्धात्मक खेलमा पुलिसले गोल गर्ने सुनौला मौका गुमाएको थियो । फाइनल खेलमा एकमात्र गोल गरेका लामा दोश्रो हाफको ३२ औँ मिनेटमा रातो कार्ड पाँउदै खेलबाट बाहिरिए पछि बागमती १० खेलाडीमा सिमित हुन पुगेको थियो ।
एक कार्यक्रमका बिच बर्दघाट नगरपालिकाका संस्थापक नगरप्रमुख धिरज शर्मा, वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै ग्रासरुट विकासमा जोड दिनुपर्ने सुझाव दिए । एकेडेमी संचालन गरेर नै युवा खेलाडी उत्पादनमा जोड दिन उनले खेलसरोकार समुहलाई आग्रह गरे ।
वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले खेलक्षेत्रलाई प्राथमिकतामा राखेको योजनाहरु अगाडी सारेको बताए । माघ २९ गतेबाट सचालन भएको प्रतियोगितामा नवलपरासीका २ टिम सहित राष्ट्रिय प्रतियोगिता खेलेका ८ टिमले प्रतिस्प्रर्धा गरेका थियो ।