© २०२३
बुटवल ।
बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’मा आकर्षण बढेको छ । नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिनेगरी आयोजना गरिएको १ महिने मेलामा ग्राहको आकर्षण बढेको हो ।
विशेष गरी सार्वजनिक विदाको समयमा किनमेल गर्नेहरुको भिड लागेपछि आयोजकहरु उत्साहित बनेका छन् । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजनामा जारी जुत्ता मेला तथा मोःमोः उत्सवमा युवा तथा विद्यार्थी, गृहणी लगायत विभिन्न उमेर समूहका ग्राहकले अवलोकनसँगै किनमेलका लागि भिड बढेको छ ।
हिजो शनिवार मेला हेर्न मणिग्रामबाट आएका बिध्यार्थि कमल ग्यावालिले मेलामा सस्ता र राम्रा दुबै खलका जुत्ता पाइएको र आफुले एक जोर अफरको जुता किनेको र आफू सन्तुष्ट रहेको बताए । मेलामा ब्ल्याक हर्षको न्यु एराईवल जुत्ता हेरेका बिज्ञान आचार्यले नेपालमै बनेको येस्तो क्वालिटी देखेर आफू उत्साहित भएको र नेपाली ब्राण्डप्रती बिश्वास बढेको बताए । मेलामै भेटिएकी सुनवलकि दिपा थापाले मेला जुत्ता मेलामा धेरै सस्तो मा चप्पल पाएको र आफुले पाँच जोडी किनेको बताइन् ।
मेलामा नेपाल्का विभिन्न ९ कम्पनीका नेपाली जुत्ता उत्पादनहरु विशेष छुटसहित विक्रीका लागि राखिएको छ । नेपाली जुत्ता घर बुटवलका संचालक तथा मेला संयोजक चोला प्रसाद पाठकले ग्राहकहरुको रेस्पोन्सबाट आफुहरु उत्साहित भएको बताए । आफुहरुले मेला पुरानालाई अफर दिने तथा नयाँ प्रोडक्ट लन्च गर्ने अवसरका रुपमा उपयोग गरेको बताउदै मेलालाई थप रौनकता प्रदान गर्न मोमो उत्सव मार्फत ११ वटा मोमोका परिकार मेला परिसरमा राखेको जानकारी गरए ।
फुटवेयर म्यानुफ्याक्चरर एशोसिएशन अफ नेपालका अध्यक्ष तथा नेपाली जुत्ता घरका संचालक रुद्रप्रसाद न्यौपानेले बुटवलमा एकवर्षअघि पहिलोपटक सामूहिक जुत्ता शोरुम सञ्चालनमा ल्याईएको र त्यस पश्चात एक वर्षको अवधिमा देशका १० स्थानमा सामूहिक जुत्ता शोरुम स्थापना गर्न सफल भएको न्यौपनेले जानकारी गराए । उनले बुटवलको मेला नेपाली उत्पादनबारे आम उपभोक्तालाई जानकारी गराउन र आफ्ना नया उत्पादन उपभोक्ता समक्ष पुर्याउन जुत्ता मेला सफल फलदायक हुने समेत बताए ।
बुटवलमा जारी जुत्ता मेलामा पवित्र सुज ईण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि. को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लि. को बि. एफ. डियर हिल, लालिगुराँस फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुज ईण्डष्ट्रिजको स्मार्ट र एक्सन फुटवेयर ईण्डष्ट्रिजको टुरीष्ट ब्राण्डका उत्पादनहरु प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् ।
‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित डेल्टा कम्प्लेक्स परिसरमा जारी मेला फागुन ३० गतेसम्म मेला सञ्चालन हुने बताईएको छ । नेपालका ९ फुटवेयर उत्पादक ब्राण्डका ५ हजार बढी प्रकारका जुत्ता चप्पलका डिजाईनहरु राखिएको बताईएको मेलामा नेपालीहरुको लोकप्रिय खाजा मोःमो का एक दर्जन स्वादका परिकारहरु राखिएको छ । मेला आवधिका बिचमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट बिशेष सांस्कृतिक प्रस्तुतीहरु समेत राखिने आयोजकको भनाई छ ।