ट्रेंडिंग:

>> दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो >> बालबालिकाका लागि खोप निःशुल्क उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको विश्व समुदायसँग आग्रह >> दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो >> उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी >> नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण >> जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ >> विश्व हात धुने दिवस २०२४ मा सहभागी बनौं, संक्रमणबाट बचौं >> घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी >> दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने >> तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> पुर्वी नवलपरासीमा ३२८ सवारी दुर्घटना ४३ जनाले ज्यान गुमाए >> भारतीय वन रक्षकको गोली प्रहारबाट नेपाली घाइते >> दाङमा पानीमा डुबेर एक जनाको मृत्यु >> महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा >> ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ >> फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने >> देशका अधिकांश भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव >> जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक >> एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण >> जुवा खेल्दै गरेका पाँच जना पक्राउ >> भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा >> दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी >> गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै >> एक्सरसाइज क्याम्ब्रियन गश्ती २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक >> लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते >> अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा >> श्रीलंकामा चर्चित प्रकरणको पुन: छानबिन हुने >> बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस >> बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो >> भारतको राष्ट्रवादी कंग्रेस पार्टीका नेता बाबा सिद्दिकीको हत्या >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> दसैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी >> राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण >> प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण >> हराए तानसेनका ऐतिहासिक धरोहर  >> विजयादशमी पर्वमा मुख्यमन्त्रीको शुभकामना >> दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री >> कुन देशमा कति बजे छ विजयादशमीको साइत ? >> बडादसैँको मुख्यदिन आज, टीकाको साइत बिहान ११: ३६ बजे >> गुल्मीमा जिप दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड
कुडा कर्णालीका

जुर्ला त कर्णालीमा लगानीको लगन ?

६ फाल्गुन २०८०, आईतवार
६ फाल्गुन २०८०, आईतवार

सुर्खेत, ६ फागुन ।

प्रचुर संभावना भएरपनि लगानीको अभावमा प्रष्फुटन हुन नसकेको कर्णालीमा लगानीको लगनको लागि आउला त ? कहिले जुर्ला त कर्णालीमा लगानीको लगन ? यही विषयमा केन्द्रित रहेर आइतवार वीरेन्द्रनगर स्थित बुलबुले उद्यान परिसरमा बहस भयो । कर्णाली उत्सव कुडा कर्णालीकाको लगानीको लगन सत्रमा कर्णालीमा लगानीको विषयमा छलफल भयो ।

यस सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल । जसलाई पत्रकार गोविन्द खत्रीले कर्णालीमा लगानीको लगन कहिले आउँछ भनेर पहिलो प्रश्न गरे ।

आर्थिक मामिला तथा योजना मन्त्री सिंहले कर्णालीमा पूर्ण रुपमा लगानीमैत्री वातावरण बन्न नसकेको बताए । ‘कर्णालीले संघीयतापछि जल, जंगल, जमिन उपभोगको यात्रामा छ,’ मन्त्री सिंहले भने, ‘ठूलो भूगोल र सीमित स्रोत साधनले गर्दा अहिले नै नागरिकले देखिने र महसुस गर्ने गरी लगानीमैत्री वातावरण बन्न नसकेको अवस्था हो, तर पनि साविकको मध्यपश्चिम र आजको ६ वर्ष पछिको कर्णाली नागरिकले महसुस गर्न सक्छन् ।’ उनले कर्णालीमा लगानीको लागि लगन पर्खिराख्न पर्ने अवस्था भने नरहेको औल्याए ।

अब कर्णालीमा आवश्यकताका आधारमा कर्णालीका साधन र स्रोतको सही ढंगले प्रयोग गर्न अझै आवश्यक रहेको उनको भनाई थियो । यसका लागि सरकारका तर्फबाट गर्ने प्रयासहरू अघि बढाएको उनले बताए ।

नीतिगत कुराको कमीका कारणले लगानी गर्ने दाताहरुले लगानी गर्न नसकेको हुन सक्ने सरकारको पनि बुझाइ रहेको मन्त्री सिंहले बताए । आगामी बैशाख १९ र २० गते कर्णाली लगानी विकास सम्मेलनको आयोजना गरिएको छ । ‘लगानी सम्मेलनमा निजी क्षेत्रले आफ्नो लगानीको सुरक्षा, लगानी मैत्री वातावरण, लगानी योग्य क्षेत्र पहिचान गर्ने गरी प्रस्तावहरु तयार गरेर त्यो सम्मेलनमा सहभागी बन्दैछौं’ उनले भने, ‘दाताहरुले पनि लगानीको प्रतिफल र सुरक्षाको कुरा ग्यारेन्टी गर्ने गरी सम्मेलनको तय हँुदैछ ।’ संघीयतापछि कर्णालीले विकासको जग बसालेको उनको भनाई थियो । कर्णाली र भेरी करीडोर सम्पन्न भयो भने विकासको पूर्वाधारको जग पूर्ण हुन मन्त्री सिंहले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष क्षेष्ठले पनि लगानीको लागि लगन कुरिराख्नु पर्ने अवस्था चाहि नभएको भनाई राखे । तर कर्णालीको चुनौती भौतिक पूर्वाधार रहेको श्रेष्ठले बताए ।

‘कर्णालीमा भौतिक चुनौती प्रमुख कारण हो भन्ने मलाई लाग्छ’ उनी भन्छन्, ‘यहाँ लगानी गर्न खोज्ने उद्योगीले भौतिक चुनौति भोग्नु परेको मैले बुझेको छु ।’ व्यावसायिक वातावरण बनाउन नसकेको र आर्थिक पाटोलाई प्रश्रय दिन नसकेकोले लगानीको वातावरण बन्न नसकेको उनको भनाई छ ।

निजी क्षेत्रलाई विश्वास गरेर साथ लिने हो भने लगानी गर्न तयार रहेको उनले बताए । सरकारका नीति नियमहरु स्पष्ट हुन जरुरी रहेको उनले जनाए । नविल बैंकका अध्यक्ष पौडेलले वातावरण भएमा बैंकहरु पनि लगानी गर्न तयार रहेको बताए ।

‘बैंक भनेको पानी हो । जतातिर ओरालो र सम्भावना छ त्यतैतिर बग्छ । यसलाई कुलो बनाएर कर्णालीले ल्याउन सक्नुपर्छ, त्यसको लागि व्यवसाय गर्ने वातावरण हुन जरुरी देखिन्छ । व्यवसाय भएपछि बैंकहरु आउँछन् । ’दिएको पैसा फिर्ता आउँछ भन्ने लागेपछि जहाँ गएर पनि लगानी गर्न सक्ने उनले बताए । ‘दुरदराजमा पनि बैंकहरु पुगेका छन्,’ उनले भने, ‘बैंकले सहयोग गर्नको लागि लिने मान्छे आउन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?