ट्रेंडिंग:

>> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

राष्ट्रिय महिला उद्यमी सम्मेलन, उद्घाटन कार्यक्रम महिला सांसदद्वारा बहिस्कार

४ फाल्गुन २०८०, शुक्रबार
४ फाल्गुन २०८०, शुक्रबार

भैरहवा ।

राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० को उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशका महिला सांसदहरुले बहिष्कार गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाको सभाहलमा सुरु भएको उद्घाटन कार्यक्रममा आफूहरुको मर्यादाक्रम मिचेको भन्दै कार्यक्रम बहिस्कार गरेर हिंडेको बताएका छन् ।

महिला उद्यमीहरुको कार्यक्रममा महिला सांसदहरुको पद तथा गरिमालाई नै अनादर र अपमान भएपछि आफूहरुले कार्यक्रम बहिस्कार गरेर हिंडेको प्रदेश सांसद भगवती अधिकारी घिमिरेले बताइन् । उनले भनिन् ‘आसनग्रहण गराउँदा हामीहरुमाथि निकै अन्याय भयो, सरकारी मर्यादाक्रम अनुसार हामी १५ औं स्थानमा रहेका बेला एउटा व्यवसायिक सस्ंथाको अध्यक्ष भन्दा पछाडि आसनग्रहण गराएपछि कार्यक्रम बहिस्कार गरेर हिंडेका हौं ।’

घिमिरेसहित सांसदहरु जानकी न्यौपाने, हेमा बेल्बासे के.सी., शान्ति लोध र मीना श्रेष्ठले कार्यक्रम बहिस्कार गरेर हिडेका हुन् । उनीहरुले महिलाहरुका लागि आयोजना गरिएको कार्यक्रममा महिलाहरुलाई नै अपमान गरेपछि दुई दिनका लागि भनेर पुगेको कार्यक्रमबाट बाहिरिएको बताएका छन् । सांसदहरुले आफूहरुमाथि अपमान भएको भन्दै कार्यक्रममा अध्यक्ष र गृहमन्त्रीलाई जानकारी गराएर कार्यक्रम हलबाट बाहिरिएको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने भनिएको कार्यक्रममा मौसम खराबीका कारण मुख्यमन्त्री चौधरी आउन ढिला भएपछि कार्यक्रमको उद्घाटन सत्र अगाडि बढाइएको थियो ।

कार्यक्रममा आयोजकले प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई विशिष्ट अतिथि नबनाई अतिथि मात्र बनाएको भन्दै सांसदहरुले रोष प्रकट गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?