© २०२३
बुटवल, ४ फागुन। त्रिभुवन आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
रूपन्देहीको तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो । एकपक्षिय फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो । त्रिभुवन आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
रूपन्देहीको तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो ।
एकपक्षिय फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो । दुई महिनाअघि बाग्लुङमा बुकी कप जितेयता आर्मीको यो पहिलो उपाधि हो । त्यसयता आर्मी सुर्खेतमा भएको ३४ औं राष्ट्रिय प्रतियोगिता, पोखरामा भएको टाइगर कप र महेन्द्रनगरमा भएको मुख्यमन्त्री कपको फाइनल पनि पुग्न असफल भएको थियो । नेपाल एपिएफ मणिमुकुन्द कपमा तेस्रो भएको थियो । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५–२०,२५–२० र २५–१७ को सहज जित निकालेको थियो। सेमिफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३–२ ले र आर्मीले एपिएफलाई ३–० हराउँदै फाइनल भेट पक्का गरेका थिए ।
मणिमुकुन्द भलिबल क्लब, रूपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजनमा प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रूपैयाँ प्राप्त गरेका छन् । प्रतियोगीता अवधिभर उत्कुष्ठ प्रदर्शन गरेको भन्दै नेपाल आर्मीका खेलाडी मान बहादुर श्रेष्ठलाई नगद रु १० हजार सहित टफीबाट सम्मान गरीएको छ । तेस्तै बेष्ट बल्कर हरी अधिकारी बेष्ट सरबर हेमन्त मल्ल बेष्ट इपाईकर धन बहादुर भट्ट, बेष्ट कोचमा नेपाल आर्मीका जगतसिङ ठकुरी सफल भएका छन । उनीहरूलाई नगद ५ हजार सहित टफीबाट सम्मान गरीएको थियो । प्रतियोगितामा विधागत रूपमा गण्डकीका खेलाडी बेष्ट सेटरअवाड बाट बिवस आले सफल भएका छन उनलाई नगद ५ हजार सहित टफीले सम्मान गरीएको थियो । तेस्रो स्थानका लागी भएको नेपाल पुलिस र एपिएफ बिच भएको खेलमा सोझो सेट ३– ० बनाएर एपिएफ बिजयी भएको हो । खेलमा एपिएफ क्लब बिजयी भएको हो । प्रतियोगितामा २५–२०, २५–२० , २५–१७ बनाएर बिजय हुदै एपिएफ तेस्रो स्थान ओगटन सफल भएको हो ।
उदयमान खेलाडीको उपाधी समेत गण्डकीका सन्तोष बिकले पाएका छन । उनलाई नगद ५ हजार सहित टफीले सम्मान गरीएको थियो । प्रतियोगिता भरी अनुशासित रहेको भन्दै एपिएफ क्लबका खेलाडी बिजय थापा सफल भएका छन । उनलाई नगद ५ हजार सहित टफीबाट सम्मान गरीएको थियो । बेष्ट सरवर बाट एपिएफका खेलाडी हेमन्त मल्ल नगद ५ हजार हित टफीबाट सम्मानित भएका हुन । तेस्रो स्थान का लागी भएको खेलमा एपिएफक्लब बिजयी भएको छ एपिएफले नेपाल पुलिसलाई हराउदै तेस्रो हुन सफल भएको हो । प्रतियोगीता समापन समारोहमा बोल्दै बोल्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले खेलकुदको बिकासले समाजको बिकासमा महतोपुण भुमिका खेल्ने बताए ।
भलिबल खेलको महत्तो धेरै रहेको भन्दै खेल बाट नै आफनो स्वास्थ्य सँगै देस बिदेशमा समेत पहिचान बनाउन सकिने उनको भनाई छ । भलिबल खेल राष्ट्रिय खेल भएकाले यसको बिकास खेलाडी उत्पादनमा सबै पक्षको ध्यान जानुजरुरी रहेको भन्दै तिलोत्तमा नगरपवालिकाले आउँदा बर्षमा हुने प्रतियोगितामा अहिलेको खेल मैदानलाई थप व्यवस्थित गर्दै लैजाने बताएका थिए । खेलकुद परिषद लुम्बिनीका सदस्य सचिब जय प्रकाश भटराईले खेलकुदको बिकासले समाज सुधारमा ठुलो महतो राख्ने बताए । भलिबल खेलका सर्मथक धेरै रहेको भन्दै यो खेललाई प्रतियोगितामा मात्र सिमित नराखेर खेलाडी उत्पनदनमा समेत स्थानिय सरकार प्रदेश सरकार केन्दीय सरकार लाग्नुपर्ने बातएका थिए । लुम्बिनी प्रदेशमा धेरै खेलकुदका गतीबिधी भैरहेको भन्दै उच्च ब्यबथापनका साथ राष्ट्रिय भलिबल प्रतियोगिता सम्मपन गरेकोमा क्लबलाई धन्यबाद समेत दिएका थिए ।
नेपाल भलिवल क्लबका केन्दीय उपाध्यक्ष भिम वलीले नेपालमा भलिबल खेलको महत्व छुटै रहेको बताए । कुनैपनि ठाउँमा आयोजना हुने भलिबल खेल प्रतियोगितामा दर्शक खचाखच हुनुनै भलिबलको महत्व दर्शाएको बताएका थिए ।