ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

दाङ क्रिकेट लिग–२ का लागि सय बढी अन्तर्राष्ट्रिय खेलाडीको आवेदन

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

दाङ, ३ फागुन ।

दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन–२ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका चर्चित खेलाडीहरुको बाक्लो उपस्थिति हुने देखिएको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको प्रतियोगिताका लागि खोलिएको रजिष्ट्रेशनमा २ सय जना खेलाडीले फाराम भरेको आयोजकले जनाएको छ ।

अक्सनका लागि आह्वान गरिएको रजिष्ट्रेशन आवेदनमा फाराम भर्नेमा अहिलेको राष्ट्रिय टीममा रहेकादेखि १९ वर्ष मुनिको टीमबाट खेलिरहेका खेलाडीहरु उल्लेख्य रुपमा रहेका दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

उनका अनुसार, राष्ट्रिय क्रिकेटको सिनियर टीमबाट अहिले उत्कृष्ट प्रदर्शन गरिरहेका मधेश प्रदेशका अनिलकुृमार साहदेखि १९ वर्षमुनिको उमेर समूहबाट हालै विश्वकपमा सनसनीपूर्ण खेल पस्केका आकाश चन्दलगायत खेलाडीले दाङ क्रिकेट लिग सिजन–२ खेल्न फाराम भरेका छन् ।

फागुन १ गतेसम्म खल्ती एपमार्फत अनलाईन रजिष्ट्रेशनको समय तोकिएकोमा उमेर समूहदेखि सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका १ सय ३ जना खेलाडीले दाङ क्रिकेट लिग सिजन–२ का लागि आवेदन भरेका छन् । आयोजकले दिएको जानकारी अनुसार, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका १ सय ३ जना, दाङबाट सिनियर समूहमा ५२ जना, १९ वर्ष मुनिको १९ जना, १६ वर्ष मुनिको २१ जनाले आवेदन भरेका छन् ।

‘पहिलो सिजनको भन्दा यो पटकको प्रतियोगिता थप रोचक र पृथक बन्ने देखिएको छ । उमेर समुहदेखि सिनियर टोलीबाट समेत अन्तर्राष्ट्रिय क्रिकेट खेलीसकेका एक सय बढी खेलाडीले आवेदन दिएका छन् । दाङमा क्रिकेटको माहोल र खेलको स्तर उकास्न ठूलो अवसर हुने देखिएको छ’, दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष मजगैयाले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका अनुभवी खेलाडीहरुसँग यहाँका खेलाडीले खेल्ने अवसर सिर्जना हुँदैछ । यो सामान्य रुपमा लिन मिल्दैन । खेलाडीका लागि यो निकै ठूलो अवसर हो ।’

प्रतियोगिताको मिति नजिकिँदै जाँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका र हाल खेलिरहेका खेलाडीहरुको उपस्थिति दाङ क्रिकेट लिगमा हुने भएपछि आयोजक निकै उत्साहित बनेको छ ।

दाङ क्रिकेट लिग–२ खेल्नका लागि राष्ट्रिय क्रिकेट टीममा उत्कृष्ट पुनरागमन गर्दै क्यानडा विरुद्धको बाईल्याटरल सिरिजमा अविजित सतक प्रहार गर्नुभएका अनिलकुमार साह, राष्ट्रिय टीममा रहेका खेलाडीहरु अर्जुन साउद, बसिर अहमद, साहब आलम, प्रतिश जिसी, हेमन्त धामी, मौसम ढकाल, लोकेश बम, कृष्ण कार्की, शंकर राना, रामनरेश गिरी, अमरसिंश रौटेला, नारायण जोशीलगायत रहेका छन् । यसैगरी, १९ वर्ष मुनिको कप्तानी सम्हालिसकेका राजु रिजाल, भुवन कार्कीले प्रतियोगिता खेल्न आवेदन भरेका छन् ।

यसैगरी, हालै सम्पन्न १९ वर्षमुनिको विश्वकप खेलमा सनसनीपूर्ण खेल पस्कनुभएका आकाश चन्द, आकाश त्रिपाठी, विकेट किपर, ब्याटर विपिन रावललगायत चर्चित अनुहारले पनि दाङ क्रिकेट लिग–२ खेल्न आवेदन दिएका प्रतियोगिता संयोजक समेत रहेका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिइन ।

उनका अनुसार, प्रतियोगिताका लागि लुम्बिनी प्रदेश क्रिकेट टीम कप्तान सुशान्तसिंह थापा, वाग्मती प्रदेश क्रिकेट कप्तान रित गौतम, गण्डकी प्रदेश क्रिकेट कप्तान विपिन खत्रीलगायत अघिल्लो संस्करण खेलेका अधिकांश खेलाडीले अक्सनका लागि आवेदन भरेका छन् ।

प्रतियोगिता निर्देशक विशेष अधिकारीले दाङ क्रिकेट लिगका लागि अपेक्षा अनुसार नै खेलाडीबाट रजिष्ट्रेशन भएको बताए । स्थानीय खेलाडीलाई प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेली सकेका खेलाडीसँग खेल्ने वातावरण बनाउनुका साथै क्रिकेटको व्यावसायिक विकासका लागि थालिएको प्रयासमा सरोकार क्षेत्रको चासो बढ्दै गएको बताए ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् ।

यी पाँच वटा फ्रेन्चाईज क्लबले अनलाईन रजिष्ट्रेशन भरेका खेलाडीहरुलाई प्रतियोगिताको मापदण्डमा रही अक्सनका आधारमा खरीदबिक्री गर्नेछन् । खेलाडी अक्सन फागुन ५ गते हस्पिटालिटी पार्टनर रहेको भिंग्रेली भिलेज रिसोर्टमा हुने भएको छ ।

प्रत्येक टीम मालिकहरुले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एक÷एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले आफै छनोट गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिद गर्न न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने मापदण्ड तोकेको छ ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, इमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?