ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

अन्तर्राष्ट्रिय पदक विजेतालाई सम्मान थाप्न भ्याई नभ्याई

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

रोल्पा, ३ फागुन ।

अन्तर्राष्ट्रिय पदक विजेता वीरेन्द्र डाँगीलाई अचेल सम्मान थाप्न भ्याई नभ्याई छ । उनले जिल्ला भित्र र वाहिरका विभिन्न संघ संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुदै सम्मान थापिरहेका छन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा जन्मिएका २० वर्षीय डाँगीले हालै थाईल्याण्डमा भएकोे चियाङ माई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२४ मा स्वर्ण पदक जितेका थिए । ९ देशका खेलाडीहरु सहभागी भएको उक्त प्रतियोगितामा डाँगीले ५४ केजी तौल समूहतर्फ प्रतिस्पर्धा गरेका थिए ।

२०७३ सालदेखि खेल क्षेत्रमा प्रवेश गरेका डाँगीले यो संगै अन्तराष्ट्रिय स्तरका पाँच वटा मेडल जितिसकेका छन् । यसअघि उनले कश्मिर ईन्टरनेशनल तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक र इन्डो—नेपाल इन्टरनेशनल तेक्वान्डो च्याम्पियनसिपमा रजत पदक जितेका थिए । गुड वएल ईन्टरनेश्नल प्रतियोगितामा स्वर्ण पदका साथै वेस्ट फाईटरको पदक जितेका थिए । यसैगरी नेपालमा भएको गढीमा ईन्टरनेशनल तेक्वान्दो प्रतियोगितामा काश्य पदक जितेका थिए ।

राष्ट्रियस्तरका दर्जनौं खेलमा समेत सहभागिता जनाएका उनले काठमाडौंमा सम्पन्न राष्टिपति कप प्रतियोगितामा रजत पदक, उपराष्ट्रपति कप प्रतियोगितामा कांस्य पदक प्राप्त गरेका थिए । २०७३ सालदेखि खेल सुरु गरेका उनी हाल ब्ल्याक बेल्ट सेकेन्ड डन हुन् ।

दाङ घोराहीस्थित इमेज इन्जिनियरिङ कलेजबाट सर्भे ईन्जिनियरिङ विषयमा सव ओभरसियर तहको पढाई समेत पुरा गरेका उनले महेन्द्र वहुमुखी क्याम्पस दाङमा स्नातक तहमा अध्ययन गर्दे छन् ।

उनले राष्ट्रपति कपबाहेक सबै राष्ट्रिय अन्तर्राष्ट्रिय खेल आफ्नै लगानीमा खेलेको बताए । एक पटक खेल्दा ठूलो रकम खर्च हुने भए पनि कसैले सहयोग नगरेको उनको गुनासो छ । ‘राष्ट्रका लागि खेलिन्छ तर राष्ट्रले नै हेर्दैन,’ उनले भने । खेल क्षेत्रमा राज्यको तर्फबाट लगानी र प्रोत्साहन नहुँदा खेलाडीहरू पलायन हुने गरेको उनको भनाइ छ ।

आफ्ना पूर्वविद्यार्थीले अन्तर्राष्ट्रिय पदक पाएकोमा गर्व लागेको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए ।

उनलाई दाङमा बगेश्वरी डाँगी वन्धु ट्रष्ट दाङले तुसीपुर –१८ दुधरासमा सम्मान गरेको थियो । ट्रष्टले नगद पुरस्कार सहित प्रशंसा पत्रले सम्मान गरेको थियो ।

अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएको हँुदा आफुहरुले सम्मान केन्द्रीय अध्यक्ष चतुरमान डाँगीले वताए । डाँगी बन्धुको मात्रै हैन देशकै शिर उचो राख्ने काम गरेको अध्यक्ष डाँगीको भनाई छ । कार्यक्रममा वोल्ने वक्ताहरुले खेलको माध्यमबाट देशको गौरव बढाउने काम गरेको भन्दै आगामी दिनमा समेत सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङले समेत खेलाडी डाँगीलाई सम्मान गरेको थियो । दाङको घोराही स्थीत न्यू मिलिनियम गेष्ठ हाउसमा उनलाई सम्मान गरिएको थियो । खेल क्षेत्रको प्रयाप्त पूर्वाधार र प्रोत्साहन नभएको रोल्पावाट आफ्नै लगानीम अन्तराष्टिय खेलमा सहभागी भएर स्वर्ण जितेकामा आफुहरुले सम्मान गरेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले जानकारी दिए ।

रोल्पा सदरमुकाम लिवाङमा जिल्ला तेक्वान्दो संघ रोल्पाले उनलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले खेलाडीलाई राज्यको तर्फवाट प्रोत्साहन नभएको बताएका थिए । जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले अन्तर्राष्ट्रिय पदक विजेतलाई जुन तहवाट सम्मान गरिनु पर्ने हो त्यसो हुन नसकेको स्वीकार गरे । आगामी दिनमा खेलाडीलाई सम्मान गर्ने कार्यक्रम ल्याउन स्थानीय सरकारहरुसंग समन्वय गरिने वताए ।

जिल्ला खेलकुद विकास समिति रोल्पाका संस्थापक अध्यक्ष कृष्णवहादुर घर्तीमगरले खेलसंग राष्ट्रको प्रतिष्ठा जोडिएको वताउदै खेलाडीलाई साच्चिकै गहणाको रुपमा स्वीकार गर्नुपर्ने वताए । दक्षिण एशियाली खेलकुद, एशियाली खेलकुद जस्ता प्रतियोगितामा सहभागिताका लागि अहिलेदेखि तयार थाल्न आग्रह गरे । जिल्ला तेक्वान्दो संघ रोल्पाका अध्यक्ष हेमन्त खत्रीले स्थानीय तहहरुले आफ्नो क्षेत्रका खेलाडीको विवरण अद्यावधिक गरेर राख्नु पर्ने वताए । रोल्पाबाट अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएर पदक जित्नेहरुको संख्या ठूलै रहेपनि उनीहरुको व्यवस्थीत अभिलेख कतै नभेटिएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?