ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

नेपाल र नामिवियाः यस्तो छ हेड टु हेड

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

बर्दघाट ।
आइसिसी क्रिकेट विश्वकप लिग २ चरण आजबाट सुरु हुँदैछ । एक दिवसीय मान्यता पाएका ८ एशोसिएट देशहरुविचको प्रतियोगिता अन्तर्गत सिजन २ को पहिलो खेलमा नेपाल र नामिविया टियु क्रिकेट ग्राउण्डमा भिडदैछन् ।

नेपाल, नेदरलेण्ड, नामिविया, ओमन, अमेरिका, क्यानाडा, यु ए इ र स्कटल्याण्ड विच लिग २ खेलको तालिका समेत सार्वजनिक भइसकेको छ । लिग २ का सबै खेल सकिँदा शिर्ष ४ टोली आगामी विश्वकप क्रिकेटको छनौट प्रतियोगिताको लागि सिधै प्रतिष्पर्धा गर्नेछन्, यसै कारण पनि लिग २ प्रतियोगिताको सबै १ सय ४४ खेल सकिँदा शिर्ष ४ भित्र समेटिनु विश्वकप छनौटका लागि र एकदिवसीय मान्यता कायम राख्न पनि निकै महत्वपूर्ण छ ।

एक दिवसीय क्रिकेट वरियता क्रमको एसोसियट राष्ट्रहरुमा स्कटल्याण्ड सबैभन्दा अग्रस्थानमा रहेको छ । स्कटल्याण्ड वरियताको ११ औँ स्थानमा रहेको छ । यस्तै नेदरल्याण्ड १४ औँ, नेपाल १५ औँ र नामिविया १६ औँ स्थानमा रहेका छन् । पहिलो श्रृडखलामा १४ औँ, १५ औँ र १६ औँ स्थानमा रहेका टिमविच प्रतिष्पर्धा हुँदैछ ।

नेपाल र नामिविया यसअघि कुल ६ वटा एकदिवसीय प्रतियोगितामा आमने सामने भएका छन् । पछिल्लो वरियता क्रममा नामिविया भन्दा नेपाल एक स्थान माथि रहेपनि कुल खेलिएका खेलहरुमा भने नामिविया भने नेपालमाथि हावी भएको छ ।

नेपाल र नामिविया विच पहिलो खेल लिग २ मा २०२२ मा भएको थियो जसमा नेपाल ४० रनले पराजित भएको थियो । यस्तै दोश्रो खेलमा नेपाल ६३ रनले पराजित भएको थियो । नेपाल र नामिविया विच लिग २ अन्तर्गतकै तेश्रो खेल भने नतिजाविहिन हुन पुगेको थियो । २०२२ कै अन्तिम तथा चौथो खेलमा पनि नेपालले हार ब्यहोरेको थियो ।

२०२२ का प्रतियोगिता नामिवियामा आयोजना गरिएका थिए । सन २०२३ को फेब्रुवरी १४ मा टि यु ग्राउण्डमा भएको प्रतियोगितामा भने नेपालले नामिवियालाई २ विकेटले पराजित गरेको थियो । नेपालका तिव्र गतिका बलर करन केसीले यो खेलमा ५ विकेट लिएका थिए भने कुशल भुर्तेलले १ सय १५ रनको शतकीय पारी खेलेका थिए । कप्तान रोहित पौडेलले ७२ रनको योगदान गरेका थिए । छैटौँ तथा अन्तिम खेल पनि टि यु ग्राउण्डमै सम्पन्न भएको थियो जसमा नेपालले नामिवियालाई पराजित गर्दै एक दिवसिय मान्यता जोगाउन महत्वपूर्ण खेल जितेको थियो ।

छैटौँ खेलमा पनि नेपालले ३ विकेटको जित निकालेको थियो । समग्रमा नेपाल र नामिविया विच सम्पन्न ६ खेलमध्ये नामिवियाले ३ खेलमा जित निकालेको छ भने नेपालले २ खेलमा जित निकालेको छ, एक खेल नतिजा विहिन रहेको छ ।

पछिल्लो समय नेपाली क्रिकेट टोली उच्च मनोवलका साथ खेलिरहेको छ । केही दिन अघि क्यानाडा विरुद्ध तीन एकदिवसीय क्रिकेटमा पाहुना टोलीलाई क्लिन स्विप गरेको नेपाल लिग २ का खेलमा पनि सफलता पाउनेमा विश्वस्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?