ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

राष्ट्रपति रनिङ शिल्डमा कोहलपुरको ह्याट्रीक

२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

नेपालगन्ज २९ माघ । १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले जित्न सफल भएको छ । योसंगै लगातार तीनपटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक गर्न सफल भएको हो ।
यसअघि कोहलपुरले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जितेसकेको छ । यो जितसंगै जिल्ला राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कोहलपुरले ह्याट्रीक गर्न सफल बन्यो । प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका एक हजार खेलाडीबीच ६ वटा विधाका खेलमा प्रतिस्प्रर्धा गराइएको थियो ।
कोहलपुरले समग्र ३६ गोल्ड, ९ सिल्भर र ५ ब्राउन्ज मेडल जित्दै रनिङ शिल्डको उपाधिमा ह्याट्रीक गर्न सफल भएको हो । यस्तै दोस्रो भएको राप्तीसोनारी गाउँपालिकाले १३ गोल्ड, १७ सिल्भर र २० ब्राउन्ज मेडल प्राप्त गर्न सफल भयो । तेस्रो स्थानमा नेपालगन्ज उपमहानगरपालिकाले चित्त बुझाउन पुग्यो । नेपालगन्ज उपमहानगरपालिकाले कुल ७ गोल्ड, ६ सिल्भर र ६ ब्राउन्ज मेडल जित्न सफल भएको हो । यसैगरी चौथो स्थानमा चित्त बुझाएको बैजनाथ गाउँपालिकाले ६ गोल्ड, १४ सिल्भर र १५ ब्राउन्ज मेडल प्राप्त गरेकोछ ।
प्रतियोगितामा ३ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्जसहित पाँचौ स्थानमा खजुरा गाउँपालिका, नरैनापुरले एक गोल्ड र जानकीले २ सिल्भर मेडलमा चित्त बुझाउनु परेकोछ ।
रनिङ शिल्डको उपाधि विजेता कोहलपुरले एथलेटिक्सतर्फ ३ गोल्ड,५ सिल्भर र ३ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक सिल्भर, कबड्डीमा २ ब्राउन्ज, कराँतेमा ८ गोल्ड, ३ ब्राउन्ज, तेक्वान्दोमा १२ गोल्ड तथा उसुमा १२ गोल्ड जित्न सफल भएको हो । उसुमा कोहलपुर बाहेक कुनैपनि पालिकाले सहभागिता जनाएका थिएनन् ।
रनिङ शिल्डको उपविजेता बनेको राप्तीसोनारीले एथलेटिक्सतर्फ १२ गोल्ड,७ सिल्भर र ९ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक ब्राउन्ज, कबड्डीमा शून्य, कराँतेमा २ सिल्भर र ७ ब्राउन्ज, तेक्वान्दोमा ८ सिल्भर र ३ ब्राउन्ज जित्न सफल भएको हो ।
यस्तै रनिङ शिल्डको तेस्रो स्थान प्राप्त गर्न सफल नेपालगन्ज उपमहानगरपालिकाले एथलेटिक्सतर्फ ६ गोल्ड, ५ सिल्भर र ६ ब्राउन्ज, भलिबलतर्फ शून्य, कबड्डीमा एक गोल्ड एक सिल्भर जित्न सफल भएको हो ।
यसैगरी उत्कृष्ट खेलाडीतर्फ एथलेटिक्स छात्रतर्फ राप्तीसोनारीका करण नेपाली, उत्कृष्ट छात्रातर्फ नेपालगन्जका आरुषि भट्टराई, भलिबल छात्रतर्फ कोहलपुरका संगम तारामी मगर, भलिबल छात्रातर्फ राप्तीसोनारीकी लक्ष्मी चौधरी हुन सफल भइन् ।
यस्तै उत्कृष्ट खेलाडी कबड्डी छात्रातर्फ खजुराकी सुषमा बादी र छात्रतर्फ नेपालगन्जका इसरारर अलि साई, तेक्वान्दो छात्रातर्फ कोहलपुरकी दिपशिखा रानाभाट, छात्रतर्फ कोहलपुरकै सुर्वण सिग्देल हुन सफल भए ।
यसैगरी उत्कृष्ट खेलाडी कराँते छात्रातर्फ बैजनाथकी वविता विक, छात्रतर्फ कोहलपुरका शुभम बुढा तथा उसु छात्रातर्फ कोहलपुरकी गरिमा चौधरी र छात्रतर्फ कोहलपुरकै टार्जन रोकामगर हुन सफल भए ।
शनिबारबाट सुरु भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि मार्चपासमा प्रथम बैजनाथ गाउँपालिका, दोस्रोमा नेपालगन्ज र तेस्रोमा राप्तीसोनारी गाउँपालिका हुन सफल भएको बाँके जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।
विजयी खेलाडी तथा पालिकालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदीपजंग शाह, प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सांसद माया पुन, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, एमालेका मीन बहादुर मल्ललगायतले प्रमाणपत्र, मेडेल तथा ट्रफी वितरण गरेका थिए ।
अध्यक्ष शाहका अनुसार जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन् ।
बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जितेकाले यसपटक पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा ह्याट्रीक गर्ने रणनीति बनाएको अध्यक्ष शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?