© २०२३
बुटवल, २९ माघ । बुटवलमा जारी १७ औ मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा सेमीफाईनल समिकरण पुरा भएको छ । सोमबार भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं ६ ले वडा नं १६ लाई २–१ गोल अन्तरले जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । यसअघि नै वडा नं ७, वडा नं ८ र १७ पनि सेमीफाईनलमा पुगेको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगितामा सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा वडा नं ६ को जितमा खेलको ११ औ मिनेटमा विलोज पुन र ३१ मिनेटमा सुमित कार्कीले गोल गरे । वडा नं १५ का सन्देश थापाले खेलको ६२ औ मिनेटमा सान्त्वना गोल गरे । वडा नं ६ का सफल गुरुङ खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
पहिलो सेमीफाईनलमा वडा नं ६ ले १७ र दोस्रो सेमीफाईनलमा वडा नं ७ ले वडा नं ८ संग प्रतिस्प्रर्धा गर्ने राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए । प्रतियोगितामा बुटवल उपमहानगरका १८ वडाका टिमले भाग लिएका छन ।