© २०२३
बुटवल,२८ माघ । प्रदेशकै अग्रणी विद्यालयहरु न्यू होराइजन र अक्सफोर्ड माविले आफ्ना विद्यार्थीहरुलाई छुट दिलाउन बुटवलको लुम्बिनी केबलकारसंग छुट्टाछुट्टै समझदारी गरेका छन् । समझदारी पत्रमा न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्याय र अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले तथा केबलकारका तर्फबाट प्रज्वल घिमिरेले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ५० जना भन्दा बढी संख्यामा विद्यार्थी केबलकार चढ्न आउंदा ५०० रुपैयां मात्र टिकट शुल्क लाग्ने भएको छ । हाल विद्यार्थी सहुलियत टिकट दर ६०० रुपैयां छ । विद्यार्थीको ५० जना भन्दा बढीको समूहमा शिक्षक र कर्मचारी पनि आउन सक्ने छन् । न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्यायाले केबलकार रुपन्देहीको नयां पर्यटकीय गन्तव्य भएको र यसलाई दीगोरुपमा सञ्चालनका लागि सबैको सहयोग आवश्यक भएकाले संस्थाले समझदारी र सहकार्य गरेको बताए ।
अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले प्रदेशकै पहिलो र यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तब्यको पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर आफ्ना विद्यार्थीलाई सहुलियत दरमा केबलकार यात्रा गराउन समझदारी गरिएको बताए ।