Butwal Today

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

२९ माघ २०८०, सोमबार
अ+
अ-

आज मिति २०८० साल माघ २९ गते सोमबार। तदनुसार सन् २०२४ फेब्रुअरी १२ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४५। माघ शुक्लपक्ष, तृतीया तिथि । पुर्वभाद्रपदा नक्षत्र । मुसल योग। तैतिल करण। कुम्भ राशीमा चन्द्रमा ।

काठमाडौंमा सूर्योदयः प्रातः ६.४६ / सूर्यास्तः १७.५१ बजे ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मन चन्चल रहला । कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्नुहुनेछ। सम्झौता गर्ने वृत्ति राख्नुहुनेछ। छोटो यात्रा हुने सम्भावना देखिन्छ। लेखक, कलाकार एवम् सल्लाहकारको लागि अनुकुल दिन छ। कुनै नयाँ कामको प्रारम्भ नगर्नुहोला।

वृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)

विचारमा परिवर्तन आउने छ जसका कारण महत्त्वपूर्ण कार्यको अन्तिम निर्णय लिन सरल रहनेछैन। कामको सन्दर्भमा वा कुनै विशिष्ट कारण यात्राको योग छ। लेखन कार्यको लागि शुभ दिन छ। बौद्धिक एवम् तार्किक विचारले अगाडि बढाउने छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सबैतिरबाट सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउने समय रहेकोे छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यलाई फाइदा पुग्नेछ । समारोहमा साथिहरुसँग सहभागि मनोरञ्जन गर्न पाइनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आकस्मिक धन तथा सम्पति लाभहुने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुनेछ । आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पद प्राप्तिको सम्भावना रहेकोे छ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । लामो यात्रा तथा सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रेम प्रसङगमा रमाउने समय रहेको छ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको सम्भावना रहेकोे छ । प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुनाले थप लगानि गर्ने वातावरण बन्नेछ । नजिकका नातेदारबाट सहयोग मिल्नेछ।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।