© २०२३
लमही ,२८ माघ । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीले क्षेत्रको कुरा सुन्न नीति संम्बाद कार्यक्रम सचालन गरेको बताएका छ । प्रदेश योजना आयोगले दाङको लमहीमा संचालन गरेको प्रदेश सरकारको दोस्रो आबधिक योजना र आर्थिक बिकाश सम्बन्धि निजिक्षेत्र संगको सम्बाद कार्यक्रममा केसीले एकले अर्कालाई नबुझ्दा कुरा नसुन्दा दुरीबढ्ने भएकाले एक अर्काबिचका कुराहरु सुनाउन सुन्न र दुरी घटाउन नीति सम्बाद कार्यक्रम गरिएको बताए। उनले सम्बादलाई निजि क्षेत्रको अनुभव र धारणा सुन्ने थलो भएको बताए । सम्बादको अबसरमा योजना आयोगले दोस्रो आबधिक योजना तर्जुमाको लागि अघिसारेका योजनाहरुको बारेमा निजिक्षेत्रलाई जानकारी गराउने, समस्या र गुनासो सुन्ने , तथा समाधानका लागि पहल गर्ने र आयोगले अघिसारेको योजनाको कार्यान्वयनका लागि एक आपसमा सहकार्य बढाउने लक्ष्य राखिएको बताए ।
प्रदेश सरकारले निजि क्षेत्रको लागि केही कामै नगरे जस्तो भान ब्याबसायिहरुमा देखिन्छ त्यसो होईन । दोस्रो आबधिक योजनाले अघि सारेका आर्थिक बिकाश कार्यक्रमले निजिक्षेत्रको सबलिकरण लाई जोडदिएको बताउदै त्यसका लागि निजिक्षेत्र र सरकार बिच सहकार्यको उपाध्यक्ष केसिले जोड दिए । अनुभव प्राप्तबिज्ञ ब्याबसायिहरुको ज्ञान र सिपको आधारमा नै लुम्बिनी प्रदेशले आर्थिक बिकाशमा फड्को मार्न सक्छ, त्यसैले बुझाई र समान धारणा बन्न आबश्यक छ उनले भने ।कार्यक्रममा निजि क्षेत्रका नेपाल उबासघ,चेम्बर कमर्स लगायत को सहभागी रहेको थियो ।लुम्बिनी प्रदेश सरकार योजना आयोगले निजि क्षेत्रको राय सुझाव समटने गरि कार्यक्रम आयोजना गरेको भन्दै व्यावसायिक उत्साही भएका थिए।
योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीको ,स्वास्थ्य मन्त्री राजुखनाल, कृषिमन्त्री भण्डारीलाल अहीर, भौतिक पुर्बाधार मन्त्री धर्म बहादुर चौधरीले प्रदेश सरकार र ब्याबसायिहरु बिचको समन्वय सहकार्य बाट सरकार र निजि क्षेत्रले अघि सारेका योजना निती तथा कार्यक्रमहरुको कार्यान्वयन हुने र मुलुकमा आर्थिक बिकाश र समृद्धीको लक्ष्य पुराहुने कुरामा जोड दिए ।
सो अबसरमा बोल्ने सहभागी उधोगी ब्याबसायिहरुले कोरोना पछि थिलो थिलो परेको अर्थ बजारलाई उकास्न प्रदेश सरकारले कुनै काम गर्न नसकेको टिप्पणी गरे। उनिहरुले ब्याबसायिहरु सगको प्रयाप्त छलफल बिना हचुवाको भरमा योजना बनाउने, बिभिन्न बहानामा कर असुली गरेर ब्याबसायीहरुलाई दुख् दिने गर्दा धेरै जसो ब्याबसायी पलायन हुन बाध्य भएकोले दिनप्रतिदिन ओरालो लागेको अर्थ ब्याबसायलाई माथि उकास्न सरकारले कुरा भन्दा काम गरेर देखाउन आग्रह गरे । सो अबसरमा घरेलु तथा साना उधोगमहासघका नेत्र प्रसाद पाठक ,नेपाल चेम्बरअफ कर्मशका टंक प्रसाद पोख्रेल, उधोग परिसघका एजाज अलाम, उधोगबाणिज्य महासघका तर्फबाट कृष्ण शर्मा, देउखुरी उधोगबाणिज्य सघका अध्यक्ष कमल जगं सिह ठकुरी, गढवा उधोग बाणिज्य सघका पुर्ब अध्यक्ष रबिलाल आचार्य, महीला उधमी सहाना श्रेष्ठ लगाएतल सुझाव दिएका थिए ।