ट्रेंडिंग:

>> आर्थिक र पूर्वाधार विकासमा त्रिवेणीको जोड >> आगलागी पीडित आहातमाः राहात पालिकाको खातामा >> अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक >> एमाले सचिवालय बैठक बस्दै : वार्षिक कार्ययोजनाबारे छलफल हुने >> किसान बचाउने मोडेलको सिको गरौं >> गाउँको उत्पादन बजारीकरण गर्दै बेल्बासे >> सिक्टा सिंचाइः किसानलाई देखाउने दाँत >> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी

डेल्टामा एक महिने जुत्ता मेला

‘छुट सहित ब्राण्डिङको एउटा अभियान हो ।’ –अध्यक्ष उपाध्याय
२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

बुटवल, २८ माघ । डेल्टा कम्प्लेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजकमा एक महिने जुत्ता मेला लाग्ने भएको छ । ‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित संचालनमा आएको मिलनचोक स्थित डेल्टा कम्प्लेक्स परिसरमा फागुन १ देखि ३० गतेसम्म संचालन हुने भएको हो ।

आईतबार पत्रकार सम्मेलन गरि नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्यायले मेलामा नेपालका ख्याति प्राप्त फुटवेयर ब्राण्डहरुको बृहत प्रर्दशनी, ५ हजार बढि प्रकारका उत्पादनहरुको फ्याक्ट्रिबाट ग्राहकसम्म सिधै पुग्ने ब्यवस्था मेलामा हुने बताए । हाल नेपालको ६५ प्रतिशत बजार नेपाली जुत्ताले ओगटेको भन्दै सतप्रतिशत पुग्याउने लक्ष्यमा उद्योगी ब्यवसायीहरु रहेको उनले बताए । सिमाबाट जुत्ताको चोरीपैठारी नियन्त्रणसंगै नेपाली जुत्ताको प्रयोगको बानी बसाउन मद्दत मिल्ने गरि मेला गर्न लागेको उनले बताए ।

बुटवल पहाडी र तराईका अधिकास लुम्बिनी प्रदेशको ट्रान्जिन्ट पोईन्ट भएको उनले बताए । कोभिड पछि व्यापार घटेको बेला नेपाली बस्तुको उपयोग गर्ने उदेश्यका साथ मेला चलाउने जमर्को गरेको उनले बताए । १५–५० प्रतिशतसम्म छुट दिइने, एकअर्काको प्रतिस्प्रधि भएपनि एकै ठाउमा रहेर नया अभियान सफल भएको उनले बताए । वैशाखमा बुटवलमा उद्घाटनसंगै देशभर जनकपुर, काठमाडौको न्युरोड, सातदोबाटो र बिर्तामोडमा समेत स्वोरुमहरु उद्घाटन भएको उनले बताए । देशभर मुख्य शहरहरुमा यो वर्ष ११ वटा शोरुम खोल्ने लक्ष्य रहेको उनले बताए । वार्षिक रुपमा यो कार्यक्रम गरिने बताए ।

कार्यक्रममा मेलाका संयोजक चोलाकान्त पाठकले नेपाली जुत्ताको प्रवर्द्धन नै मुख्य भएको बताए । अहिले पुरानालाई अफर दिने र नया उत्पादन गर्ने समय भएको उनले बताए । अन्तराष्ट्रिय बजारसंग प्रतिस्पर्धा गर्न सकिने क्षमता भएको उनले बताए । हाल देशभर ३५ अर्ब जुत्ताचप्पलबाट कारोबार हुने गर्छ भने यसमा १७ अरब रुपैया बराबर प्रत्यक्ष लगानी रहेको छ । नेपाली उद्योगको १६ करोड जुत्ता उत्पादन गर्न सक्ने क्षमता छ । जबकी माग १० करोड रहेको छ । जसमा खपत साढे ६ करोड जोडी भने बाकी साढे ३ करोड बाहिरबाट आयात हुने गरेको उनले बताए । बुटवलमा लाग्ने एक महिना अवधिमा डेढ लाख ग्राहकले मेला अवलोकन गर्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा डेल्टाका बालकृष्ण अर्यालले सरकार, व्यापारी, उपभोक्ता तीन पक्षिय फाईदा हुने गरि यो मेला फाईदायुक्त भएको उनले बताए ।
कार्यक्रममा स्वोरुमका सदस्य उत्तम देवकोटा, प्रचारप्रसार संयोजक गौतम भुषालले शतप्रतिशत जेनुईन नेपाली उत्पादन, मेला अवधिभर भारी छुट, विशेष सागितिक कार्यक्रमका साथमा गिफ्ट हेम्पर, मःमः उत्सवमा १० बढि स्वादका परिकारहरुको मज्जा लिन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?