© २०२३
बुटवल, २७ माघ । नयावर्ष २८६० औ सोनाम ल्होसार पर्वको अवसरमा रुपन्देहीका तामाङ समुदायहरु धार्मिक संस्कार अनुसार पुजापाठ र शुभकामना आदानप्रदान गरि मनाएका छन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा समुदायको तामाङ कुलपुजा बुद्घगुम्बामा भएको कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सम्बोधन गर्दै सबै जातजातीहरुको आफनो पहिचान र प्रवर्द्धन गर्नुपर्ने बताए ।
डुक/ल्हो स्वागत र ह्वयोई/ल्हो बिदाई कार्यक्रमलाई शनिबार नेवापुचका कोषाध्यक्ष चिरञ्जीवी प्रसाद श्रेष्ठ, घेदुङका केन्द्रित सदस्य वीर बहादुर घिसिङ, केन्द्रिय सदस्य बिर बहादुर घिसिङले पंचपात्र मन्जुश्री आधारमा मनाईने यो पर्वको आफनै महत्व रहको बताए ।
आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको तामाङहरु वर्षदिनमा एकैठाउमा परिवार आफन्त भेटघाट भएर मिठामिठा खाना खाने र रमाईलो गर्ने घेदुङका अध्यक्ष राजेश लामाले बताए । सप्ताहब्यापी रुपमा रक्तदान, दीप प्रज्जलन लगायतका कार्यगरि सोनाम ल्होसार मनाएका छन । रुपन्देहीमा २५० घरधुरीमा ३ हजार जति जनसंख्या रहेको छ ।