Butwal Today

१७ औ मनमोहन स्मृति वडा कपमा वडा नं १७ सेमीफाईनल प्रवेश

२७ माघ २०८०, शनिबार
अ+
अ-

बुटवल, २७ माघ ।
बुटवलमा जारी १७ औ मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं १७ विजयी हुदै सेमीफाईनलमा स्थान बनाएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा वडा नं ११ लाई २–१ गोल अन्तरले स्तब्ध पार्दै वडा नं १७ अन्तिम चारमा स्थान बनाएको हो । यसैगरि शनिबार नै भएको दोस्रो खेलमा वडा नं ६ ले वडा नं ४ लाई पराजित गरेको छ ।

सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलमा वडा नं ११ का दर्शन बिकले २५ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर वडा नं १७ का सनम परियारले खेलको ४५ औ मिनेटमा बराबरी गोल गरे । ६० औ मिनेटमा वडा नं १७ का सोनु खत्रीले विजयी गोल गरेका थिए । खेलमा सनम परियार म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि एकतर्फी दोस्रो खेलमा वडा नं ६ को जितमा बिलाज पुनले खेलको १२ औ, कृष्ण बनियाले २६औ मिनेट र अबेश शाहीले खेलको ५५ औ मिनेटमा गोल गरेका थिए । खेलमा बिलोज पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए ।

प्रतियोगिता अन्तरगत आईतबार बिहान पहिलो खेलमा वडा नं ८ र वडा नं १३ तथा दोस्रो खेल दिउँसो वडा नं ७ र १८ का बिचमा हुने संयोजक अमृत भण्डारीले बताए । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।