ट्रेंडिंग:

>> अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मदरसाका विद्यार्थीहरुलाई स्वीटर वितरण >> दक्ष प्रशिक्षक उत्पादन गर्न घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु >> सामाजिक सञ्जाल नियमनको कानुन अहिलेकै सदनबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ >> मुद्रण नीति परिमार्जन गर्न उद्योगीहरुको आग्रह >> फुडमाण्डुको सेवा अब बुटवलमा >> नेप्से परिसूचक दोहोरो अंकमा घट्दा कारोबारमा पनि भारी गिरावट >> मानव बेचबिखनमा संलग्न पौडेल ओमानमा इन्टरपोलको सहयोगमा पक्राउ >> समाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह >> स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गर्यो >> अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरी आगो फैलिँदै, १९ हजारलाई सुरक्षित स्थानमा सारियो >> भैरहवा विमानस्थलमा अब ८०० मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने >> प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी  >> रवि लामिछानेको अदालतमा थुनछेक बहस जारी >> त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलको लागि दुई जनाको मात्र आवेदन >> चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको आखेटोपहारसहित दुई जना पक्राउ >>  मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल >> माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड >> सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीसँग अब थप ४ हजार डलर तिर्नुपर्ने >> अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु >> भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित >> जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह >> सुन चाँदीको भाउ घट्यो >> २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट >> रबि लामिछाने पुगे रूपन्देही अदालत, केही बेरमा थुनछेक बहस हुने >> लुम्बिनीका गाउँगाउँमा अब प्रहरी पुग्ने >> कपिलवस्तु जेसिजका लागि ३ जनाको प्रतिस्पर्धा >> रामग्राम स्तुपदेखि लुम्बिनीसम्मको निःशुल्क धम्मयात्रा >> सरकारलाई सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन >> आर्थिक सम्बृद्धिका निम्ति राजनीतिमा सुधार जरूरी >> पुँजीगत खर्च बढाउन पहल गर >> रूपन्देहीका ५८ हजार किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप >> तीन मुरी धान फल्ने खेतमा तीन लाखका सुन्तला >> सरकारले दिएन वन्यजन्तु क्षतिको राहत >> स्वास्थ्य मन्त्रीकै जिल्लाको अस्पतालमा अक्सिजन प्लान्ट बन्द >> सिद्धबाबा सुरुङको ब्रेक थ्रु र सडक शिलान्यास गर्न प्रधानमन्त्री ओली भोलि बुटवल आउँदै >> भारतमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु >> पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना >> पञ्चवर्षीय योजना बनाउँदै वीरेन्द्रनगर >> रवि लामिछानेको थुनछेक बहस बिहीबारदेखि >> रूपन्देही सुपरलिगमा जेआर क्रिकेट क्लब विजयी >> सल्यानमा फेला परेको ग्रीनेड बम सुरक्षित रूपमा निष्क्रिय >> नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित, महिला टी-२० विश्वकपबाट बाहिरियो >> दाङमा विद्युतको तार सर्ट हुँदा घरमा आगलागी >> नेप्से ५२.३६ अंकले वृद्धि >> ‘पुष्पा २’ निर्देशक सुकुमारको घरमा आयकर विभागको छापा >> अस्पताल भवनको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री प्रचण्ड दाङ आउने >> राष्ट्र बैंकको ९० अर्बको तरलता खिच्ने  >> विमानमा बम भएकाे सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द >> हुथी विद्रोहीको घोषणा, अब लालसागरका जहाजमा आक्रमण हुदैँन् >> खेलौना पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक कलाम पक्राउ

ढुंगामा भविष्य खोज्ने जवहिरको कारुणिक कथा

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

जवहिर अन्योलमा छन् । उनले पुर्खाको पेशा अँगाले । अहिले सुखी जीवनको आशामा नयाँ अवसर खोज्ने कि त्यही पुख्र्यौली पेशाप्रति बफादार रहिरहने भन्ने अन्तरद्वन्द्वले उनलाई पिरोलिरहन्छ । यो जवहिर पत्थरकट्टाको कथा हो । उनको नाम पछाडिको ’पत्थरकट्टा’ ले पत्थर काट्ने वा ढुङ्गा कुँद्ने परम्परागत पेशा भएका मानिसको समूह वा जातिलाई बुझाउँछ । यी जातिलाई शिला अर्थात् ढुङ्गा काट्ने काम गर्ने भएकाले ’सिल्कट’ पनि भन्ने गरिन्छ भने कतैकतै पत्थरकट्टालाई कुशवाडिया पनि भन्ने चलन छ । भारतबाट बसाई सरेर नेपाल भित्रिएका मानिने पत्थरकट्टा विशेषगरी तराई क्षेत्रका कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके, बर्दिया, कन्चनपुर लगायतका जिल्लाहरूमा बसोबास गर्दै आइरहेका छन् । नेपालका जातजातिको वर्गीकरणका आधारमा पत्थरकट्टा दलित समूह अन्तर्गतका अल्पसंख्यक जाति हुन् ।

जवहिर कर्मशील छन् । उनी आफ्ना दिनहरू ढुङ्गासँगै बिताउँछन् । टन्टलापुर गर्मी होस् या कठ्याङ्ग्रिँदो जाडो । नवलपरासीको झरही खोला नजिकैको एउटा सानो घर अगाडि जवहिर धुलाम्य पहिरनमा ढुङ्गा कुँदिरहेका भेटिन्छन् । उनकी श्रीमती उनलाई सघाइरहेकी हुन्छिन् । जवहिर कहिले दुम्किबास त कहिले सर्दि खोलाबाट विभिन्न प्रक्रिया पार गरेपछि रोयल्टी तिरेर ढुङ्गा ल्याउँछन् । उनले ति ढुङ्गालाई आकार दिएर लोरो, सिलौटो, चनौटो, जाँतो र ओखली जस्ता घरेलु उपभोगका सामान बनाउँछन् । कहिलेकाहीँ उनी देवी देउताका मूर्तिहरू पनि कुँद्छन् । उनका सिपालु हातले कुँदेका ढुङ्गाका बुट्टा निकै आकर्षक देखिन्छन् । बिडम्बना, उनले बनाएका यस्ता सुन्दर परम्परागत ढुङ्गे सामानहरू बजारमा हत्तपत्त बिक्दैनन् न ति सामानको निश्चित बजारभाउ छ । जवहिर र उनकी श्रीमती आफूले बनाएका ढुङ्गाका सामान बोक्दै ग्राहकको खोजीमा गाउँगाउँ चाहार्छन् । कहिले कसैले किनिहाल्छ त कहिले निराशामै फर्किनुपर्छ । कहिले सोचेकै मूल्यपर्छ त कहिले घाटा बेहोर्नुपर्छ । सीपले बजार नपाउनु जवहिरको मुख्य समस्या रहँदै आएको छ ।
जवहिर आफ्नो परिवारको कठिन आर्थिक अवस्थाको दोष आफ्नो अशिक्षालाई दिन्छन् । सोह्र वर्षदेखि ढुङ्गा कुँद्ने पेशा अँगालेका जवहिरले पढ्ने मौका पाएनन् । तर शिक्षाको महत्व भने उनले राम्रोसँग बुझेका छन् । तिन छोरीका पिता जवहिरलाई छोराको रहर कहिल्यै भएन । बरू छोरीलाई पनि छोरा समान अवसर दिनुपर्नेमा उनी विश्वास राख्छन् । अहिले ढुङ्गा कुँदेको आम्दानीले नै छोरीहरूलाई विद्यालय पठाइरहेका छन् भने उच्च शिक्षा प्रदान गर्ने ठूलो सपना पनि साँचेका छन् । युग अनुसारको अवसर छोरीहरूलाई दिन सके मात्र आफू असल पिता भएको महसुस गर्ने जवहिर बताउँछन् । ढुङ्गा कुँदेको आम्दानीले भविष्यमा छोरीहरूको पढाइ खर्च धान्न मुस्किल पर्ने उनलाई पिरलो छ ।
सिपालु हात र अथक श्रमका बाबजुद जवहिरको आम्दानी न्यूनस्तरको छ । नेपाली समाजले उनको पेशालाई मानप्रतिष्ठा टक्राउन हिचकिचाउँछ । आधुनिकताको युगले मानिसलाई लोरो सिलौटो चलाउन दिँदैन । मिक्सर र ब्लेन्डरको जमानामा परम्परागत ढुङ्गे लोरो, सिलौटो, जाँतो जस्ता सामानको खासै माग छैन । त्यसैले बजारमा जवहिरको सिपले स्थान पाएको छैन । यसकारण उनी यस पेशा र आफ्नो परिवार दुवैको जोखिमपूर्ण भविष्य देख्छन् ।

जवहिर घर र जग्गाको अभावमा पहिलेपहिले आफूले त्रिपाल मुनी बसेर ढुङ्गा कुँद्ने गरेको दुःखदायी विगत सम्झिन्छन् । अहिले दुःखजिलो गरेर घामपानीको ओत सानो घरसम्म बनाएका छन् । कृषि कर्म गरेर जीविका चलाउन जग्गा जमिन छैन । समाजले बनाएको छुवाछुतको तगारोबाट जवहिरको परिवार पनि उम्किन सकेको छैन । गरिबीले हुर्किँदै गरेका छोरीहरूको उड्ने पखेटा काटिदिने हो कि भन्ने भयले जवहिरलाई खाइरहेको छ । अर्कोतर्फ जवहिरलाई ढुङ्गाप्रति प्रेम छ, सम्मान छ । उनी ढुङ्गा कुँद्ने पेशालाई आफ्नो जातिको पहिचान ठान्दछन् । पुख्र्यौली पेशा आफूले अवलम्बन गर्न नसके नयाँ पुस्ता आफ्नो अस्तित्वका बारेमा बेखबर हुने र यो पेशा बिस्तारै हराएर जाने डर उनमा छ । ढुङ्गा कुँद्नु पेशा मात्र नभई आफ्नो जातको धर्म समेत रहेको र यसलाई जोगाउने जिम्मा आफ्नै काँधमा रहेको जवहिरलाई भान हुन्छ । एक हिसावले हेर्दा जवहिरले ढुङ्गालाई चटक्कै छोड्न हिम्मत गर्न सकेका छैनन् ।

खेतीपाती गर्न जग्गाजमिन छैन, उद्यम गर्न लगानी छैन, अर्को पेशा रोज्न हातमा अर्को सीप छैन । जवहिरका लागि देशभित्र अवसरका सम्पूर्ण ढोका बन्द छन् । परिवारको सुनिश्चित भविष्यका लागि अन्तिम उपायको रूपमा खाडीको तापमा होमिने सोच एकातिर छ भने अर्कोतर्फ पुख्र्यौली पेशाप्रतिको कर्तव्यभावले जवहिरलाई बाँधिरहेको छ । जवहिर जस्ता सिपालुलाई थप तालिम र प्रोत्साहन मिल्दो हो त उनले कुँदेको ढुङ्गा डलरको भाउमा बेलायत, अमेरिका र युरोप जस्ता देशमा निर्यात हुँदो हो । तर आज हातको सिपले गरिबीको फाटो टाल्न नसक्दा उनी अन्योलमा छन् । उनीजस्तै ढुङ्गाको पेशा सम्हालेर बसेका थुप्रै पत्थरकट्टा अन्योलमा छन्, पत्थरकट्टा जस्तै पुख्र्यौली पेशाप्रति आस्था बोकेका र हातमा सिप हुँदाहुँदै पनि अभावै अभावमा जीवन बिताइरहेका थुप्रै जातजाति अन्योलमा छन् ।

यो अन्योलता राज्यका कुनै रोजगार योजनाले चिर्न सकेका छैनन् । सरकारको अल्पसंख्यक सामाजिक सुरक्षा भत्ताले उनको परिवारको सुरक्षा गर्न सकेको छैन । बरू जवहिरका जस्ता हरेक सिपालु हातलाई अझ दख्खल बनाउन तालिमको व्यवस्था होस्, कला कृतिलाई प्रोत्साहन र प्रवद्र्धन गर्न उनीहरूको सिपमा लगानी गरियोस्, उनलाई उनकै पुख्र्यौली पेशामा रमाउने वातावरण मिलाइयोस् । अनि मात्र हराउनै लागेका हाम्रा पुख्र्याैली पेशा जोगिनेछन् । हाम्रा परम्परागत सामान अनि ढुङ्गाका कलाकृति जोगिनेछन् । जवहिरका सन्तति सानसँग ढुङ्गाको चिनारी बोकेर हिँड्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?