© २०२३
बुटवल, २६ माघ। बुटवलमा जारी १७ अौ मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं ८ र वडा नं ७ विजयी भएका छन। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा वडा नं ८ले वडा नं ९ लाई ३-१ तथा दोस्रो खेलमा वडा नं ७ ले वडा नं १४ लाई ३-० गोलले पराजित गरेको हो।
सिद्धेश्वरी खेलमैदानमा भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं ९ लाई ३-१ गोल अन्तरले पराजित गरेको हो। वडा नं ८ का निरज थापाले ३५ र ४५ अौ मिनेटमा गोल गरेका थिए। यसैगरि प्रविण थापाले ५७ अौ मिनेटमा गोल गरेका थिए। वडा नं ९ का प्रविण मगरले २५ अौ मिनेटमा सान्त्वना गोल गरेका थिए। खेलमा वडा नं ८ का निरज थापा म्यान अफ द म्याचबाट पुरस्कृत भएको कमिटिका अध्यक्ष गणेश बोहराले बताए।
यसैगरि दोस्रो खेलमा वडा नं ७ ले वडा नं १४ लाई ३-० गोल अन्तरले पराजित गरेको छ। वडा नं ७ को जितमा २८ अौ र ६१ मिनेटमा मोहन थापा र ५२ अौ मिनेटमा सुजन झिडीले गोल गरेका थिए। खेलमा वडा नं ७ का मोहन थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए।
शनिबारदेखि दोस्रो चरणका खेलहरु शुरु हुने सचिव राजेन्द्र थापाले बताए।पहिलो खेल बिहान १७ र ११ तथा दोस्रो खेल ६ र ४ का बिचमा हुने उनले बताए।