© २०२३
सुर्खेत, २५ माघ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरुको लागि स्थानीय पहिचान झल्किने छुट्टै पोशाक बनाएको छ । परिषद्ले कर्णालीको पहिचान झल्किने आफ्नो छुट्टै पोसाक बनाएको हो । पोसाकमा कर्णालीका विभिन्न पर्यटकीय स्थल, कर्णालीमा पाइने दुर्लभ बन्यजन्तु, हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीहरुको आकृति समावेश गरिएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरेपछि परिषद्ले खेलाडीहरुका लागि पोशाक बनाएको छ ।
कर्णालीका खेलाडीहरुको लागि गेम पोसाक र मार्चपास पोसाक बनाएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले जानकारी दिए ।
सदस्य सचिव संज्यालका अनुसार गेम पोसाक रातो र निलो गरी दुई रङ्गमा छ भने मार्च पास पोसक एउटा रङ्गमा रहेको छ । गेमपोसाक र मार्चपास पोसाक महिला र पुरुष दुबै खेलाडीहरुले लगाउन मिल्ने छ । पोसाक कर्णालीमा उत्पादन भएको कपडाको टोपी, सुटमा कर्णाली झल्किने चिन्ह राखिएको छ ।
पार्च पास पोसाकमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषदको लोगो राखिएको छ भने गेम पोसाकमा कर्णाली नदी, कर्णालीमा पाईने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लभ वन्यजन्तु याक राखिएको छ ।
गेम पोसाकमा समेटिएको रातो रङ्ग, नेपालको झण्डा र निलो रङ्ग रारा, कर्णाली वोर्डरसँग मिल्ने भएकाले दुई रङ्ग छानिएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव संज्यालले बताए । सदस्य सचिव संज्यालका अनुसार मार्च पास पोसाक भने कर्णालीको उत्पादनसँग मिल्दो हुनु पर्ने छ ।
‘खेलाडीले प्रयोग गर्ने पोसाक खेल सकिए पश्चात गैर खेलाडीहरुले जहाँ पनि प्रयोग गरेको पाइयो । यसको महत्वको लागि पनि परिषद्ले पोसाक कोड नै बनाएर हामीले कर्णालीको आफ्नो छुट्टै पोसाक बनाउने निर्णय ग¥यौँ,’ सदस्य सचिव संज्यालले भने, ‘अबदेखि कर्णालीका खेलाडीहरुले प्रयोग गर्ने मार्च पास पोसाक र गेम पोसाक नियमित यही हुन्छ ।’