© २०२३
गैंडहवा ।
रुपन्देहीको कन्चन गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । माघ २६ गते देखि २९ गते सम्म राष्ट्रपति रनिङ शिल्ड कन्चन ४ रुद्रपुर माध्यमिक विद्यालयमा हुनेछ ।
कार्यक्रममा कन्चन भित्रका सामुदायिक विद्यालय र संस्थागत बिद्यालयको सहभागिता रहने र कन्चनलाई शिक्षा संगै खेलकुदमा जोड्ने कन्चन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश भुसालले जानकारी दिए ।
राष्ट्रपति रनिङ शिल्डमा कक्षा १ देखि १२ कक्षा सम्मका विद्यार्थीले भाग ल्याउन पाउनेछन् चैत मसान्तसम्म १८ वर्ष ननाघेको हुनुपर्ने भएको छ । पुरुष भलिबल महिला भलिबल कबडी ट्रीपल जम दौड प्रतियोगिता हाई जम्म सटफुट थ्रो लगायतका दर्जनौं कार्यक्रम आयोजना गरिएको छ । कन्चनले राष्ट्रपति रनिङ शिल्ड संगै अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।