Butwal Today

फागुन १९ देखि गौरीगङ्गा गोल्ड कप, विजेताले ६ लाख पाउने

२४ माघ २०८०, बुधबार
अ+
अ-

धनगढी, २४ माघ ।

कैलालीको गौरीगङ्गामा फागुन १९ गते देखि गौरीगङ्गा गोल्ड कप सुरु हुने भएको छ । गौरीगङ्गा ११ स्पोर्टस क्लबले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ ।

फागुन १९ देखि २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल पाउनेछ । त्यस्तै उपविजेताले ३ लाख, ट्रफी, मेडल पाउने आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

उत्कृष्ट खेलाडीले ५० हजार, प्रत्येक विधाका उत्कृष्ट खेलाडीले १५–१५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५–५ हजार रुपैयाँ पाउने अध्यक्ष कलेलले बताए ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० वटा टीमले सहभागिता जनाउनेछन् । प्रतियोगिता गौरीगङ्गाको लिक्मा खेलमैदानमा हुनेछ ।