© २०२३
बुटवल, २४ माघ । बुटवलमा जारी १७ औ मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं १५ र १८ विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा वडा नं १५ ले वडा नं ५ लाई १–० तथा दोस्रो खेलमा वडा न १८ ले वडा नं.२ लाई १–० गोल अन्तरले पराजित गरेको हो ।
सिद्घेश्वरी खेलमैदानमा भएको पहिलो खेलमा वडा नं १५ को जितमा एकमात्र गोल दिपेश थापा मगरले गरे । खेलको १३ औ मिनेटमा पाएको पेनाल्टीमार्फत उनले गोल गरेका थिए । खेलमा डेभिड थापामगर म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा वडा नं १८ को जितमा एकमात्र गोल राज गाहामगरले गरेका थिए । उनले पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरे । खेलमा वडा नं १८ का गोलकिपर रबि थारु म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका अध्यक्ष गणेश बोहराले बताए ।
प्रतियोगिता अन्तरगत बिहिबार बिहान पहिलो खेलमा वडा नं १९ र १३ र दोस्रो खेल दिउँसो वडा नं ३ र ६ का बिचमा हुने संयोजक अमृत भण्डारीले बताए । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।