© २०२३
बुटवल, २४ माघ ।
लुम्बिनी प्रदेश सरकारले १३ जना पत्रकारलाई पुरस्कृत गर्ने भनेर यही माघ १८ गते सूचना प्रकाशित गर्यो । सूचनामा प्रदेश स्थापना दिवसका दिन माघ २१ गते १३ जना सञ्चारकर्मीलाई पुरस्कार एवं सम्मान कार्यक्रम रहेकाले उपस्थितिका लागि अनुरोध गरिएको थियोे ।
सोही सूचना प्रदेश भरका पत्रकारले फेसबुकमा शेयर गरे । कतिले आफ्ना चिनजानका साथीहरूलाई बधाई दिए । दाङका पत्रकार थारु भाषाको लौव अग्रासनका सम्पादक सन्तोष दहितले समाजिक सन्जालमा स्टाटस लेखे, “थारु मुख्यमन्त्री भएको प्रदेशमा थारु पत्रकारलाई पुरस्कार नदिनु अन्याय भयो । हामी थारुमाथि अन्याय भयो ।” यस्तो उनको विरोधपूर्ण अभिव्यक्ति आएको दुई दिनपछि स्थापना दिवस प्रदेश राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा मनाइयो । पुरस्कार प्राप्त गरेपछि उनले आफुले फेसबुकमा राखेको स्टाट्स हटाएका छन् । थप तीन जना मध्ये दाङबाट सन्तोष दहित, बाँकेबाट विमला चौधरी र बुटवलबाट भगवती पाण्डेयलाई पुरस्कार दिइएको हो । सुरुमा परेका १३ र ३ थप गरी १६ जना सञ्चाकर्मीलाई पुरस्कार दिइयो ।
पहिलेको सूचना हेरेर दाङका केही अनलाईनले (लुम्बिनी प्रदेश स्थापना दिवस मनाइयो, १३ जना सञ्चारकर्मी पुरस्कृत) शीर्षकमा समाचार लेखे । ती समाचारमा केही सञ्चारकर्मीले १६ जना होइन र ? भन्ने टिप्पणी पनि गरेका थिए पछि त्यो समाचार सच्याइयो ।
प्रदेश सरकारले १३ जनालाइ सम्मान एवं पुरस्कृत भनेर सूचना प्रकाशित गरेर १६ जनालाई कुन आधारमा पुरस्कार दियो ? यो सबैको चासोको विषय बनेको छ । करिब १ महिना अगाडि सूचना प्रकाशित गरेर योग्य र सिनियर पत्रकारको सिफारिस सहित आवेदन आह्वान गरिएको थियो । आवेदन परेका मध्येबाट योग्य छनोट गरेर पुरस्कार दिनुपर्ने थियोे होला । प्रदेश सरकारले मनपरि गरेको कार्यले कार्यकर्ता रिझाउने काम गरेको देखिएको छ ।
दाङमा नाम नबताउने शर्तमा एक जना पत्रकारले भने, “छनोटमा नाम नभएको मान्छेले पुरस्कार पाउने रैछन् । एउटा स्टाटस्को मूल्य ५० हजार, कस्तो राम्रो तरिका ।”
प्रदेश सरकारको “सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धी कार्यविधि–२०८० ले पुरस्कार सम्बन्धी व्यवस्था गरेको छ । उक्त कार्यविधीमा अग्रज सञ्चारकर्मी सम्मान रु १ लाख एक जनालाई र श्रृजनशील सञ्चारकर्मी सम्मान जनही रु ५० हजारका दरले १२ जनालाई पुरस्कृत गरिने व्यवस्था छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले भने केही बताउन चाहेनन् । “यो मुख्यमन्त्रीजीको कुरा हो, यसबारेमा पछि कुरा गरौंला”–उनले भने ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी