ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

वडा नं. ४ लाई रामपुर छैठौँ मेयर कप उपाधि

२३ माघ २०८०, मंगलवार
२३ माघ २०८०, मंगलवार

बुटवल, २३ माघ ।  पाल्पा रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले चुमेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट कुल ९ अंक प्राप्त गर्दै वडा नं. ४ प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । वडा नं. ४ ले फुटबलमा द्धितिय, व्याडमिन्टनमा प्रथम र द्धितिय, महिला भलिबल तर्फ द्धितिय स्थान हासिल गर्दै कुल ९ अंक जोडेको थियो । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा गत शुक्रबारदेखि मेयर कप चलेको थियो । मेयर कप अन्तर्गत फुटबल, पुरुष तथा महिला भलिबल, क्रिकेट, व्याडमिन्टन र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियो ।

फुटबल प्रतियोगिताको उपाधि वडा नं. ७ ले जितेको छ । रामपुर ७ किसानबारी खेल मैदानमा भएको फाईनल खेलमा वडा नं. ४ लाई २–० गोलले पराजित गर्दै वडा नं. ७ ले उपाधि हात पारेको हो । वडा नं. ७ ले पहिलो र दोस्रो हाफमा १÷१ गोल गर्दै वडा नं. ७ ले उपाधी जित्न सफल भएको हो । यससंगै वडा नं. ४ ले उपविजेतामा चित्त बुझाएको छ । वडा नं ९ ले वडा नं. १० लाई २–१ गोलले पराजित गर्दै तृतिय स्थान हासिल गरेको छ । फुटबल प्रतियोगितामा प्रथम हुने वडा नं. ७ ले शिल्ड कप, कप मेडल र प्रमाण पत्र सहित नगद ५५ हजार रूपैयाँ प्राप्त गरेको छ भने, द्धितिय र तृतिय हुने समुहले नगद ३५ हजार २१ हजार कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं. १० ले जित्न सफल भएको छ । दुर्गा मन्दिर टोल विजयपुरमा सम्पन्न भएको फाईनल खेलमा ३–२ सेटले वडा नं. १ लाई पराजित गर्दै वडा नं. १० प्रथम भएको छ । फाईनलमा पराजित भएसँगै वडा नं. १ द्वितीय स्थानमा सीमित भएको छ । वडा नं. १ ले वडा नं. ३ लाई र वडा नं. १० ले वडा नं. २ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत वडा नं. २ र वडा नं.३ विच तृतीय स्थानका लागि प्रतिस्पर्धा भएको थियो । खेलमा वडा नं. २ लाई पराजित गर्दै वडा नं. ३ तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम हुने वडा नं. १० ले भलिबल तर्फको शिल्ड, कप, मेडल र प्रमाण पत्र सहित ५१ हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्वितीय र तृतीय हुने समुहले क्रमश ३१ हजार र २१ हजार रूपैयाँ सहित रनिङ सिल्ड , कप , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यस्तै महिला भलिबल तर्फ प्रथम वडा नं. ६, द्वितीय वडा नं. ४ र तृतीय वडा नं. १ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?