© २०२३
बुटवल, २३ माघ । बुटवलमा जारी १७ औ मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटसल प्रतियोगितामा वडा नं १४ र ११ विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मंगलबार भएको पहिलो खेलमा वडा नं १४ ले वडा नं १२ लाई ट्राईबेकरमा तथा दोस्रो खेलमा वडा न ११ ले वडा नं.१६ लाई १२–० को बिशाल गोल अन्तरले पराजित गरेको हो ।
सिद्घेश्वरी खेलमैदानमा भएको पहिलो खेलमा निर्धारित समयमा २–२ गोलको बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा वडा नं १४ विजयी भयो । खेलमा वडा नं १४ का सुजन क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा वडा नं ११ को जितमा दुई खेलाडीले ह्याट्रिक गरे । एकतर्फी खेलमा समुन्द्र ज्ञवालीले खेलको ३, ३०, ३६, ४५, ५७ मिनेट तथा मिलन आलेले १२, २१, ४९, ५५, ६०, ६१ मिनेटमा गोल गरेका थिए । अनिल क्षेत्रीले ३४ मिनेटमा गोल गरे । खेलमा वडा नं ११ का मिलन आले म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका अध्यक्ष गणेश बोहराले बताए ।
प्रतियोगिता अन्तरगत बुधबार बिहान पहिलो खेलमा वडा नं ५ र १५ र दोस्रो खेल दिउँसो वडा नं १८ र २ का बिचमा हुने संयोजक अमृत भण्डारीले बताए । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।