© २०२३
बुटवल, २२ माघ। वडास्तरमा लुकेका प्रतिभावान खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ मनमोहन स्मृति कप नकआउट फुटबल प्रतियोगिताको १७ अौ संस्करणमा वडा नं १७ विजयी भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा
सिद्धेश्वरी खेलमैदानमा सोमबार भएको उद्घाटन खेलमा वडा नं १० लाई ट्राईबेकरमा पराजित गर्दै वडा नं १७ दोस्रो चरणमा प्रवेश गरेको हो।
निक्कै प्रतिस्पर्धात्मक खेलको निर्धारण समयमा वडा नं १० का सन्जय गुरुङले २ तथा वडा नं १७ का बिजन सुर्यवंशीले २ गोल गरेका थिए। ट्राईबेकरमा वडा नं १७ विजयी भयो। वडा नं १७ का गोलकिपर केशव क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए। लुम्बिनी प्रदेश ईन्चार्ज केशव रोक्काबाट पुरस्कार सौजन्य भएको थियो। मंगलबार विहान वडा नं ११ र १६ तथा दिउँसो वडा नं १२ र १४ को बिचमा खेल हुनेछ।
प्रतियोगिताको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिबाट उद्घाटन गर्दै युवाहरुलाई समुदायमा जिम्मेवार बनाउन खेलकुद महत्वपुर्ण पाटो भएको बताए। विश्वमा नै सबैभन्दा धेरै रुचाईने फुटबल खेललाई अघि बढाउन प्रतियोगिताको निरन्तरता जरुरी रहने उनले बताए।
राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका अध्यक्ष गणेश बोहराले पुरस्कार राशी दोब्बर वृद्धि गरिएको बताए। गतवर्ष ५० हजारबाट अहिले ११ हजार १ सय ११ रुपैया बनाईएको उनले बताए।
प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।