ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

‘विद्यार्थीको शारिरिक र मानसिक विकासको लागि खेलकुद अत्यावश्यक’ 

२२ माघ २०८०, सोमबार
२२ माघ २०८०, सोमबार
बुटवल,२२ माघ । विद्यार्थीको शारीरिक र मानसिक विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका हुन् ।
 तिलोत्तमा ६ स्थित डन मोडेल एकेडेमीमा सोमबारदेखि शुरु भएको  स्पोर्टस् मिट कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष शिव पाठकले विद्यार्थीको शैक्षिक गुणस्तरसंगै चौतर्फी विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापलाई विद्यालयले महत्व दिएर हरेक वर्ष स्पोर्टस् मिटलाई निरन्तरता दिएको बताए ।
विद्यालयका प्राचार्य सिताराम भट्टराईले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने बताए ।  विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक ज्योति रेग्मीले खेलकुद सप्ताहमा सञ्चालन हुने खेलहरुको बारेमा  प्रकाश पारिन् ।
उद्घाटनका अवसरमा  नृत्य प्रशिक्षक तृष्णा घर्ती मगरको साथमा कक्षा ७ र कक्षा ९ मा पढ्ने छात्राहरुले नृत्य प्रस्तुत गरेका थिएभने कलात्मक शैलीमा मार्च पास समेत गरेका थिए ।
माघ २६ गते शुक्रबारसम्म सञ्चालन हुने खेलकुद सप्ताहको पहिलो दिन सिनियर लेवलका विद्यार्थीहरुको भलिबल प्रतियोगिता सम्पन्न भएको विद्यालयका सहप्राचार्य सन्तोष पौडेलले बताए ।  खेलकुद सप्ताहमा जुनियर र सिनियरतर्फ भलिबल, हाईजम्प, लङ्गजम्प, दौड, रिले दौड, क्रिकेट, स्याक रेस, प्लेट रेस, डोरी तान्ने खेल, सर्ट पुट, म्यूजिकल चेयर, फुटसल आदी खेल खेलाइने छ । त्यसै गरी कक्षा नर्सरी देखि कक्षा ३ सम्म स्पुन रेस, म्याथमेटिकल रेस, दौड प्रतियोगिता, ज्याकेट लगाउने प्रतियोगिता, म्यूजिकल चेयर, चकलेट दौड, मार्बल ग्यादरिङ, बलुन डान्स्, तातो आलु, सेप गेम आदी प्रतियोगिता गराइने छ । साथसाथै खेलकुद सप्ताहको अन्तिम दिन माघ २६ गते शुक्रबार अभिभावकहरुका लागि म्यूजिकल चेयर, डोरी तान्ने खेल जस्ता प्रतियोगिताहरु समेत आयोजना गरिने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?