© २०२३
बुटवल, २१ माघ । नगरमा लुकेर रहेका खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ आयोजना हुँदै आएको मनमोहन स्मृति कप नकआउट फुटबल प्रतियोगिताको १७ औ संस्करण माघ २२ गते सोमबार देखि हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिकाको आयोजनामा हुने प्रतियोगिताको टिम दर्ता, मैदान मर्मत लगायतको सबै तयारी पूरा भएको आईतबार पत्रकार सम्मेलन गरि युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका अध्यक्ष गणेश बोहराले जानकारी दिए । ‘यसवर्ष प्रतियोगिताको पुरस्कार राशि दोब्बर वृद्धि गरिएको उनले बताए । गतवर्ष ५० हजारबाट अहिले ११ हजार १ सय ११ रुपैया बनाईएको छ ।’– उनले भने । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य तथा लुम्बिनी ईन्चार्ज केशव रोक्काले खेलकुदमार्फत युवाहरुलाई एकतावद्घ गरि नेतृत्व विकाससंगै सामाजिक कार्यमा अग्रसर गराउन युवा संघ विभिन्न गतिविधि चलाउदै आएको बताए । युवाहरुको क्षमता अनुसार उनिहरुलाई अवसर दिने गरि आगामी दिनमा थप कार्यक्रमलाई समेत बढावा दिने उनले बताए ।
बिसं २०५४ सालदेखि शुरुवात भएको प्रतियोगिताको आफ्नै ऐतिहासिक महत्व बोकेको रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेतले बताए । प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाका ५ लाख रुपैया सहयोग भएको उनले बताए । कार्यक्रमको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिबाट उद्घाटन गरिने उनले बताए ।
सिद्घेश्वरी खेलमैदानमा हुने प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका १ नम्बर बाहेक १८ वटै टिम सहभागी हुने संयोजक अमृत भण्डारीले बताए। उद्घाटन खेल गतवर्षको विजेता टिम वडा नं १७ र वडा नं १० का बिचमा खेल हुने उनले बताए । माघ २२ गतेबाट संचालन हुने प्रतियोगिता सम्पन्न गर्न १० लाख २० हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला ईन्जार्ज बुद्धि थापा, रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेत, पुर्वअध्यक्ष सुदर्शन खाम्चा, सचिव राजेन्द्र थापाले पारदर्शि हुने गरि प्रत्येक्ष टाईसिट सार्वजनिक गरे । प्रतियोगितामा गतवर्ष वडा नं १७ विजेता रहेको थियो ।