© २०२३
बर्दघाट, २० माघ । नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना घाइते भएका छन ।
बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन । ब्यवसायी बन्द गरेर घर फर्कने क्रममा अज्ञात समुहले गोलि प्रहार गरेको प्रहरीले जनाएको छ ।
घाइतेको थप उपचारका लागि भैरहवा लगिएको छ । बिश्वकर्माको पाखुरामा गोली लागेको र अवस्था खतरामुक्त रहेको डिएसपी रेशम बोहोराले बताए ।