© २०२३
बुटवल, २० माघ । बुटवलमा जारी प्रथम आहाना कप २०८० सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगितामा खस्यौली एफसी विजयी हुदै फाईनलमा प्रवेश गरेको छ । स्वर्गिय सुसिल मगर र स्वं. संजय लामाको स्मृतिमा आहान एफसी र देविनगर युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमीफाईनल खेलमा आरपी ब्रदर्शलाई ट्राईबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
देविनगरस्थित खेलमैदानमा शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो । खस्यौलीका तर्फबाट अनिकेत थापा, सुरज क्षेत्री र निरज थापाले गोल गरे ।
खेलमा खस्यौलीका गोलकिपर अनुप थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । दोस्रो सेमीफाईनल खेल आयोजक आहाना एफसी र एनएसवाईसी बिच खेल हुने छ ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगल २५ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई नगद ३/३ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । माघ १२ गतेबाट शुरु भएको प्रतियोगितामा रुपन्देहीका २४ टिमले भाग लिएका छन ।