© २०२३
काठमाडौं,२० माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा पुलिसलाई १८२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १८१ रन बनायो ।
आर्मीका लागि बिवेक यादवले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै सोमपाल कामीले ३९ रन बनाउँदा इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन जोडे ।
पुलिसका लागि ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले तीन–तीन विकेट लिए । त्यस्तै सागर ढकाल, करण केशी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।