© २०२३
बुटवल, २० माघ । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको दुरदृष्टिसहितको नीति नल्याउदा देश अप्ठयारोमा परेको बताए । विकास योजना, जनतामैत्री नीति नल्याउदा देश अपठयारोमा पारेको उनले दुखेसो गरे । प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आयोजना गरेको संघसंस्थाहरुबिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको नियमबाट राजनीति दलहरुले धेरै कुरा सिक्न जरुरी रहेको बताए ।
खेलमा मित्रभाव, समभाव, प्रतिस्प्रर्धा र श्रेष्ठता हुने हुदा पनि यसबाट दल र नेताहरु अवलम्बन गर्न जरुरी रहेको उनले बताए । नागरिक स्वस्थ्य भएमात्र समाजहुदै देश विकासमा सहयोग मिल्ने उनले बताए । अहिलेका युवाहरु खेलकुंदसंगै उद्योग, व्याबसाय, रोजगारीका क्षेत्रमा सक्षम हुन जरुरी रहेको उनले बताए ।
रुपन्देहीमा रहेका संघसंस्थाहरु बिच खेलमार्फत भातृत्व विकास गर्ने उद्येश्यका साथ कार्यक्रम गरेको अध्यक्ष लक्ष्मण पौडेलले बताए । स्थापना दिवसको अवसरमा खेलसंगै सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदानको कार्यक्रम समेत गरिने उनले बताए ।
यसैबिच लुम्बिनी फुटसल एरिनामा भएको शनिबार भएको उद्घाटन खेलमा राष्ट्रिय उद्यमशिल मजदुर भलाई कोषले तिलोत्तमा ब्यापार संघलाई ४–० गोल अन्तरले पराजित गरेको संयोजक दिनेश श्रेष्ठले बताए । कर्मचारी मिलन केन्द्र रुपन्देहीले यातायात मजदुर तथा ब्यवसायीक भलाई कोषलाई ८–१ गोल तथा बुटवल अटो ईन्जिनियरिङ एशोसियसनले गौतम बुद्ध सामुदायिक अस्पताललाई ६–१ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो । प्रतियोगितामा रुपन्देहीका दुई दर्जन संघसंस्थाहरुले भाग लिएका छन ।