© २०२३
बुटवल, २० माघ । बुटवलमा जारी स्वर्गिय परमानन्द खरेल स्मृति खुल्ला फुटसल प्रतियोगिता २०८० मा न्यु स्टार एफसी र शानदार एफसी विजयी हुदै सेमीफाइनलमा प्रवेश गरेका छन । युवालाई खेलमार्फत अनुसासित, संगठित गर्ने उदेश्यका साथ राष्ट्रिय युवा संघ नेपाल रुपन्देही, प्रचार विभागको आयोजनामा भएको प्रतियोगितामा पहिलो दिनकै खेलमा राष्ट्रिय युवा संघ तिलोत्तमा र राष्ट्रिय युवा संघ रुपन्देही र राष्ट्रिय युवा संघ सुनवल क्वाटरफाईनलमा प्रवेश गरेका छन ।
तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा शनिबार बाकी रहेको दुई क्वाटरफाईनल, सेमीफाईनल र फाईनल खेल हुने राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी, प्रचार प्रसार बिभाग प्रमुख दिपेस कंडेलले बताए ।
प्रतियोगिताको प्रथम ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडी नगद ३ हजार रुपैया, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई २५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक शंकर पाण्डेले बताए । दुई दिनम्म संचालन हुने प्रतियोगितामा २ लाख २८ हजार रुपैया खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा रुपन्देही सहित नवलपरासी, कपिलबस्तु र पाल्पाका गरि १८ टिम सहभागी रहेको छन ।