ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

गरिबलाई रोगको पीडा

२० माघ २०८०, शनिबार
२० माघ २०८०, शनिबार

अर्घाखाँची, २० माघ । पोखराथोक रयलेकी कमला नेपाली । यिनको उमेर ५३ वर्ष भयो । उनको हातमा कापी, कलम र झोला छ । उनी एक विद्यालयमा पनि पुगिन् । उनी त्यो विद्यालयमा पढ्न पुगेकी होईनन् । उनलाई पढ्ने रहर पनि छैन् । हातमा कापी र कलम लिएर आएपछि श्री चित्ररम्भा आधारभुत विद्यालयमा शिक्षक, शिक्षिकाहरू पनि उहाँ पढ्न आउँनुभएको त होईन, भनेर सोध्न लागे । तर, उहाँ पढ्न नभई अस्पतालमा रहेकी बुहारीको उपचारमा सहयोग गर्नका लागी सहयोग माग्दै हिँडेकी रहिछन् ।

टाउँकोमा टोपी, पोते, राता कपडा लगाएर मलिन लाग्दो अनुहार लिएर उनी गाउँगाउँमा डुलिरहेकी छन् । रहरले नभई बाध्यताले गाउँमा डुलीरहेकी छु, गाउँका दाजुभाईहरूले सक्दो सहयोग गर्नुहुन्छ, भनेर सबैको घरमा पुगेकी छु, बुहारी बिरामी भएको खबर सबैलाई थाहा छ, कमलाले भनिन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकका सुमन नेपालीको २७ वर्षिय श्रीमती सुमित्रा नेपाली बिरामी भएको २२ दिन भयो । बुटबलको लुम्बिनी प्रादेशिक अस्पतालको आईसियुमा उपचाररत सुमित्रा २४ दिनकी सुत्केरी पनि हुन् । उनलाई सुत्केरी भएको पीडा एकातर्फ छ, अर्कोतर्फ मृगौला र कलेजोमा आएको समस्या छुट्टैछ । मृगौलाको डायलायसिस भईरहेको छ । माघ २७ गतेदेखी अस्पतामा रहेकी सुमित्राको परिवार सम्पन्नशाली पनि होईनन् । श्रीमान सुमन केहि वर्ष पहिला भारतमा रोजगारी गर्थे, अहिले गाउँमै सिकर्मी पेशा गर्दै आएका थिए । सुमन भन्छन् ‘बचत पैसा खासै छैन, उपचार गर्न थालेको २० दिन कटिसक्यो, यो उपचार महंगो छ, दुईदिनमा १०÷१२ हजार रूपैँया खर्च हुन्छ, भावुक हुदैँ भन्छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बाहिर भेटिएका सुमन भन्छन् ‘कती रूपैँया उपचार गर्दा खर्च लाग्ने हो, थाहा छैन, २३ दिन भयो अस्पतालमा बसेको, विरामी आईसियुमा छन्, म यही अस्पताल बाहिरै सुत्छु।’ घरदेखी बिरामीको कुरुवाका लागी म मात्रै आएको छु, २५ दिनको बच्चा सानिमाको घरमा सालझण्डी छन् ।

उनीहरूको आफनै घरपनि छैन् । हजुरबुबा मानबहादुर नेपालीको घरमा बस्दै आएका नेपाली दम्पत्तीसँग विहान बेलुकाको छाक टार्न समेत धौ–धौ पर्छ । घरमा आम्दानीको स्रोत तथा बचत रकम नभएका कारण उनीहरू अहिले सहयोग माग्दै अपिल गरीरहेका छन् । स्थानीय चित्ररम्भा आधारभुत विद्यालयका प्रअ रामकुमार छिनालका अनुसार ‘उहाँको सासुआमा सहयोग माग्दै हाम्रो विद्यालयमा आउनुभएको थियो, हामीहरूले सहयोग अभियान मार्फत ६ हजार रूपैँया सहयोग ग¥यौँ।’ छिनालले थप गर्दै भने ‘उनीहरूको परिवार सामान्य वर्गको हो, बस्नलाई आफनै घरपनि छैन् ।’

सुमित्रा बिरामी भएको थाहा पाएपछि पाणिनी गाउँपालिका वडा नं. २ को वडा कार्यालयले सहयोगको अपिलका लागी अनुरोध गर्दै सिफारीसपत्र बनाईदिएको छ । पालिकाबाट कार्यविधीअनुसार २० हजार रूपैँया पाउँने प्रावधान छ, वडाअध्यक्ष चन्द्रकान्त पोडेलले भन्छन् ‘पालिकाबाट सिफारीस गरी प्रदेशमा पठाउँदा १ लाख पाउँने भन्ने छ, अन्य सहयोग अभियान सञ्चालन भएको छ, सबैले सहयोग गर्नुपर्छ । पैसाको अभाव भएपछि सहयोग अभियान सञ्चालन गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चालन गरेको अभियानमा करिब १ लाख २० हजार रूपैँया संकलन भईसकेको छ ।

समाजमा समस्या पर्दा एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाले फेसबुक मार्फत अभियान चलाएका छौँ, विरामी त्यसमाथी सुत्केरी हुदाँ थप समस्या आएको छ, अभियानकर्ता भन्छन् । आफु सक्दो सहयोग गर्नका लागी ईसेवा वा सम्पर्क नं. ९८६७७३७८०७ मार्फत सहयोग गर्न अपिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?