© २०२३
बुटवल, १९ माघ । बाँकेमा जारी नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगितामा शुक्रबार भएको खेलमा जित निकाल्दै बाग्मति स्पोर्टस क्लब र न्यु दर्पण युवा क्लब अन्तिम चारमा स्थान बनाएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा बाग्मति स्पोर्टस क्लब बि गाउँले एफ सि ब्रोर्दस खजुरालाई पेलान्टी सुट आउटमा पराजित गरेको हो । खेलको ५ औ मिनेट बाग्मति स्पोर्टस क्लबका श्याम ब्यादीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा एफ सि ब्रोदर्सका प्रेम सुनारले बराबरी गोल गरे । निर्धारित समयमा १÷१ को बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा बाग्मतीको ३–१ गोलले विजयी भयो । खेलमा बाग्मतीका गोलकिपर सुदिप शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
शुक्रबार भएको दोस्रो खेलमा न्यु दर्पण र धम्बोझी स्पोर्टस क्लब गोलरहित बराबरी भएपनि खेल ट्राइबेकर धकेलियो । ट्राइबेकरमा न्यु दर्पणले ५–४ गोलले विजयी भयो । खेलको न्यु दर्पणका धनसिंह विक म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका छन ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया र उपविजेता टिमले ८५ हजार ५ सय ५५ रुपैयासहित, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकबिर सुनारले बताए । प्रतियोगितामा १२ टिमले भाग लिएका छन । प्रतियोगितामा १४ टिमले भाग लिएका छन । शनिबार न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ टिम र रेसिङ्ग साहारा कोहलपुर विच क्वाटरफाइनल खेल हुनेछ ।