ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता
९ औ मणिमुुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८०

प्रतियोगिता सफल गरि राम्रो सन्देश दिनुपर्छ – सदस्य सचिव भट्टराई

प्रतियोगितामा ३ हजार अट्ने प्याराफिट, करीब ५० लाख रुपैया खर्च, २–५ सय रुपैया टिकट तोकिएको छ ।
१९ माघ २०८०, शुक्रबार
१९ माघ २०८०, शुक्रबार

बुटवल, १९ माघ । ९ औ मणिमुुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० को तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रवर्द्धन र मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन, तिलोत्तमा नगरपालिका सहारा ईन्जिनियरिङ प्रालिको विशेष सहयोगमा मणिमुकुन्द भलिबल क्लबको आयोजनामा माघ २६ गतेबाट शुरु हुने प्रतियोगिताको टिम दर्ता, मैदान तयारी, प्याराफिट निर्माण लगायत सम्पुर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारीले बताए । प्रतियोगितामा ३ हजार दर्शक अट्न सक्ने क्षमताको प्याराफिट तयार भएको उनले बताए । लिग कम नकआउटका आधारमा खेलाईने खेलमा २४ वटा म्याच हुने उनले बताए । प्रतियोगितामा भाग लिने २ सय जना खेलाडीलाई १ लाख रुपैया बराबरको ईन्सुरेन्स समेत गरिएको उनले बताए । प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुर पश्चिम प्रदेश भलिबल संघसहित त्रिभुवन आर्मि क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब गरि १० टिमले भाग लिने छन ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले एक दशक पछि राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको भन्दै यसलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । क्लब, भलिबल संघ र परिषदको समन्वयमा स्वीकृति लिएको उनले बताए । राष्ट्रिय प्रतियोगिता भएकाले पनि यसलाई सम्पन्न गर्न न्युनतम ५० लाख रुपैया खर्च हुने उनले बताए । कुनै पनि विभागिय टिम सहभागी हुने आफ्नै मापदण्ड हुने हुदा पनि त्यसलाई पुरा गर्ने आयोजकको खर्च बढ्ने उनले बताए । प्रदेशमा खेल गतिविधिको ईन्डेक्सलाई केलाउदा पछिल्लोसमय धेरै गतिविधिहरु यहा भएको उनले दाबी गरे । ‘ रोकिएका एक दर्जन बढी राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ ।’–उनले भने । भर्खरमात्र २५ वर्षपछि नेपालगंजमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । अब महिला भलिबल राष्ट्रिय प्रतियोगिता हुने उनले बताए । राम्रो सन्देश जान जरुरी रहेको उनले बताए । सबै जना मिलेर प्रतियोगितालाई सफल बनाउने गरि लाग्न जरुरी रहेको उनले बताए । पुर्वाधार विकासमा स्थानिय सरकारको प्रमुख ध्यान जानुपर्ने भन्दै यसमा प्रदेश र संघको सहयोग निरन्तर रहने उनले बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी चौधरीले नगरकै गौरब बढाउने गरि आयोजना हुन लागेको प्रतियोगितालाई सहयोग गर्ने प्रतिवद्घता जनाईन । प्रतियोगिता अवधिभर नगरपालिकाबाट सुरक्षा, एम्बुलेन्स र स्वस्थ्यकर्मी ब्यवस्था गरिने उनले बताईन । प्रतियोगिता सम्पन्न गर्न खर्च बढेको हुदा पहिले तोकिएभन्दा सहयोग माग भए अनुसार सहयोग गर्ने प्रतिवद्घता जनाईन । वन क्षेत्रमा पर्ने मैदानमा पुर्वाधार निर्माणमा कठिनाई भएको उनले बताईन। जग्गाको विवादलाई समाधान गरेर आगामी दिनमा योजना बढाउने उनले बताईन।

कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङ, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, क्लबका विशेष सल्लाहकार टुक बहादुर क्षेत्री, लुम्बिनी पौडी संघका अध्यक्ष टेक बहादुर थापा, वडा नं ३ का वडाअध्यक्ष दिल बहादुर भट्टराई, पुर्वअध्यक्ष मिलन राना, रेफ्रि कमिसन संयोजक बुद्धि बश्याल, नेको ईन्सोरेन्सका मोतिलाल पौडेलले सबै पक्षको सहयोगबाट नै प्रतियोगिता सफल हुने बताए ।
प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र, द्घितिय पुरस्कार नगद १ लाख ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुरेन्द्र गुरुङले बताए । यसैगरि तृतिय टिमले नगद १ लाख रुपैया तथा सान्त्वना टिमले नगद ५० हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, कप, मेडल तथा उत्कृष्ट स्पाईकर, सेटर, सर्भर, ब्लकर, डिफेन्स, प्रशिक्षक, अनुशासित र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैया, कप र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?