© २०२३
बुटवल, १७ माघ । युवालाई खेलमार्फत अनुसासित, संगठित गर्ने उदेश्यका साथ राष्ट्रिय युवा संघ नेपाल रुपन्देही, प्रचार विभागको आयोजनामा खुला फुटसल प्रतियोगिता २०८० शुरु भएको छ । एक कार्यक्रमको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रेफ्रीलाई बल हस्तान्तरण गरि तिलोत्तमास्थित मोनालिसा फुटसल एरियामा उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारको ज्याजती र बिकास बिरोधी नीतिको बिरुद्ध युवाहरु सडकबाट दवाव दिनुपर्ने बताएका छन् । गठवन्धन सरकार युवा र जनता आवश्यकता पुरा गर्नुको सट्टा बिकास बिरोधी गतिबिधि गरेको आरोप लगाउंदै उनले दैनिक रुपमा युवाहरु बिदेश पलायन हुने अबस्था रोक्न जरुरी रहेको बताए । ‘सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु बिदेश पलायन हुने अबस्था आएको हो ।’– उनले भने । युवाहरु खेलकुंदसंगै उद्योग, व्याबसाय, रोजगारीका क्षेत्रमा सक्षम हुन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बुद्धि थापाले युवाहरु राजनीतिमा मात्र नभई खेलकुंदको क्षेत्रमा सक्षम हुनुपर्नेमा जोड दिए । सोही अबसरमा स्व. परमानन्द खरेलका छोरा किरण खरेलले खेलको माध्यमबाट युवा संघले बावाले समाजमा गरेको योगदानको जिविन्त बनाउने महत्वपूर्ण काम गरेको बताए ।
तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा भएको उद्घाटन खेलमा राष्ट्रिय युवा संघले खस्यौली एफसीलाई पराजित गरेको छ । संघले खस्यौलीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिताको प्रथम ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडी नगद ३ हजार रुपैया, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई २५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक शंकर पाण्डेले बताए । दुई दिनम्म संचालन हुने प्रतियोगितामा २ लाख २८ हजार रुपैया खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा रुपन्देही सहित नवलपरासी, कपिलबस्तु र पाल्पाका गरि १८ टिम सहभागी रहेका छन ।