© २०२३
पाल्पा ,१९ माघ । जिल्ला समन्वय समितीको आठौं जिल्ला सभाले जिल्लाका खानी जन्य, नदी जन्य बस्तुको अनुगमन कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । जिल्ला सभाले जिल्लाका चुन ढुंगा, कोइला खानीको विषयमा खानी तथा भु गर्भ विभागले अनुगमन गर्दा जिल्ला समन्वय समिती जिल्ला प्रशाशन कार्यालय, स्थानिय सरकारसंग समन्वय गर्नुपर्ने भन्दै खानी तथा भुगर्भ विभागलाई जानकारी गराएको समितीका सभापति टंकनाथ खनालले बताए ।
स्थानिय सरकारका प्रमुख, उपप्रमुख समेत सदस्य रहेको जिल्ला सभाले जिल्लाको कुल भुभाग मध्य १८ प्रतिशत भुभाग खानी क्षेत्रले ओगटेको र खानी विभागले समय समयमा अनुगमन तथा नियमन गर्दा वातावरण, बृक्षारोपण र पानीको श्रोतको संरक्षणमा ध्यान नदिदा खेति योग्य जमिन मरुभूमिमा परिणत भएकाले स्थानिय निकाय संग समन्वय गरेर अनुगमन गर्नु पर्ने भन्दै विभागलाई पत्राचार गरिएको उपप्रमुख काशीका गैरेले बताइन ।
आठौ सभाले जिल्लामा संघिय, प्रदेस स्थानिय निकाय बाट ठुला ठुला बिकासका आयोजनाको अनुगमन गर्ने निर्माणका कार्यमा उत्पन्न समस्या का विषयमा समेत ध्यानाकार्षण भएको थियो । बिकास निर्माण कार्यमा भएको ढुला सुस्तीका कारण समस्या उत्पन्न हुदा लागत मुल्य बढदै जादा राज्यले व्ययभार बोक्नु परेकोले समन्वय गर्ने गरी अनुगमन गरिने निर्णय गरिएको बताइएको छ ।
पुरातत्व विभागले दरवार परिसरमा रहेका कार्यालय हटाउने भएपछि जिल्ला समन्वय समितीको कार्यालय अन्यत्र स्थानान्तरणका विषयमा छलफल भएको बताइएको छ ।