ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

‘शान्तिसुरक्षा बिना समाज विकास हुदैन’

१९ माघ २०८०, शुक्रबार
१९ माघ २०८०, शुक्रबार

बुटवल, १९ माघ । शान्तिसुरक्षा बिना देश समाजको विकास हुन नसक्ने देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले दाबी गरेका छन । समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी प्रशासनको मात्र नभई आम नागरिकको समेत दायित्व रहने भन्दै यसमा समुदाय यसमा जोड दिनुपर्ने बताएका छन । ढेकावरमा नवनिर्मित अस्थायी प्रहरी चौकी भवनको उद्घाटन गर्दै नगर प्रमुख खरेलले नेपाल प्रहरीको कामको खुलेर प्रशंसा गरे ।

देवदह नगरपालिका–१, ढेकावरमा अस्थाई प्रहरी चौकी स्थापना भएसंगै यस क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न सहज हुनेमा आशा ब्यक्त गरे  । उनले देवदह क्षेत्रमा धेरै अपराधिक क्रियाकलाप हुने भएकोले त्यसलाई न्यूनिकरण गर्नको लागि देवदहमा ईलाका प्रहरी कार्यालय आवश्यक रहेको औल्याउदै त्यसको लागि पहल गरिदिन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेर कडायतलाई आग्रह गरे । उनले लागूऔषध, विभिन्न अपराधिक क्रियाकलाप अन्त्यको लागि देवदह क्षेत्रका केही स्थानमा प्रहरी विट राख्न आवश्यक रहेको बताए ।

कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले नागरिक र प्रहरीको सहकार्यले मात्र शान्ति कायम गर्न सकिनेमा जोड दिइन । उनले पछिल्लो समय देवदह क्षेत्रमा चोरीका घटनाहरू बढिरहेको बताउदै चोरीका घटना न्यूनिकरण गर्न र चोरी गर्नेलाई प्रक्राउ गरी कार्यवाही गर्न प्रशासन लाग्नु पर्नेमा जोड दिइन ।

कार्यक्रममा लुम्विनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक कुवेर कडायतले नागरिकको प्रहरी प्रति विश्वास बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले प्रहरी सुरक्षित भएमात्र नागरिक र समाजको सुरक्षा प्रदान गर्न सकिनेमा जोड दिए । उनले सुरक्षा प्रदान गर्न प्रहरी प्रशासनको काम भएकोले नागरिक प्रति उत्तरदायित्व भएर सेवा प्रदान गर्न आग्रह गरे । उनले नागरिक र प्रहरी प्रशासनको सहकार्यले मात्र शान्ति सुरक्षा कायम गर्न सकिने बताउदै लुम्बिनी प्रदेशको सुरक्षाको काममा लागिरहेको दावी गरे ।

कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विकले देवदहको शान्ति सुरक्षा कायम गर्नको लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए । उनले देवदह नगरपालिकाको करिब १८ लाख र स्थानियहरूको आर्थिक सहयोगमा प्रहरी चौकीको भवन निर्माण गरिएको जानकारी दिए । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रसासन कार्यालय रूपन्देही सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर कुवर, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियालगायतले आ–आफना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?