ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिता

रेसिङ्ग साहरा र न्यु डाँफे ‘बि’ विजयी

१८ माघ २०८०, बिहीबार
१८ माघ २०८०, बिहीबार

बुटवल, १८ माघ । बाँकेमा जारी नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगितामा रेसिङ्ग साहरा क्लब कोहलपुर र न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ विजयी हुदै दास्रो चरणमा प्रवेश गरेका छन । बाँकेको खजुरा डि गाउँ स्थित मिनि रंगशालामा विहिबार चौथो दिन सम्पन्न पहिलो खेलमा रेसिङ्ग साहरा क्लब कोहलपुरले एफसि गौघाटलाई ४–१ गोल तथा दोस्रो खेलमा न्यु डाँफे ‘बि’ र सगरमाथा युथ क्लब बैजनाथलाई ट्राईबेकरमा पराजित गरेको हो ।

पहिलो खेलमा रेसिङ्ग साहराको जितमा महेश विकले खेलको १३ औ, ३० औ मिनेटमा गोल गरे । यसैगरि महेश शाहीले ४० औ र कुष्ण पुरीले ४५ औं मिनेटमा चौथो गोल गरे । एफसी गौघाटका सरोज केसीले ३८ औ मिनेटमा सान्त्वना गोल गरे । खेलको रेसिङ्ग साहरा क्लब कोहलपुरका सुनिल थापा मगर म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

विहिबार नै भएको दोस्रो खेलमा न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ र सगरमाथा युथ क्लब बैजनाथको निर्धारित समयसम्म १÷१ गोल को बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा न्यु डाँफे ४–२ गोल अन्तरले विजयी भयो । खेलको न्यु डाँफेका गोलकिपर दिपेन्द्र बोहरा म्यान अफ द म्याचबाट पुरस्कृत भए । म्यान अफ द म्याच घोषित खेलाडीलाई नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय र मेडलबाट पुरस्कृत गरिएको प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका छन । प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया र उपविजेता टिमले ८५ हजार ५ सय ५५ रुपैयासहित, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकबिर सुनारले बताए । प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।
प्रतियोगितामा १४ टिमले भाग लिएका छन । शुक्रबार देखि क्वाटर फाइनलका खेल शुरु हुनेछ । शुक्रबार पहिलो खेल बाग्मति स्पोर्टस क्लब बि गाउँ र एफ सी ब्रोदर्श खजुरा विच हुनेछ । त्यस्तै दोस्रो खेल धम्बोझी क्लब नेपालगन्ज र न्यु दर्पण स्पोर्टस क्लब खजुरा ४ ई गाउँविच हुने न्यु डाँफे स्पोर्टस क्लवका बरिष्ठ उपाध्यक्ष मदनरत्न केसीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?