© २०२३
बुटवल, १७ माघ । बुटवलमा जारी प्रथम आहाना कप २०८० सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगितामा खस्यौली एफसी विजयी हुदै अन्तिम चारमा प्रवेश गरेको छ । स्वर्गिय सुसिल मगर र संजय लामाको स्मृतिमा आहान एफसी र देविनगर युवा क्लबको आयोजनामा देविनगरस्थित खेलमैदानमा बिहिबार भएको समुह बि को क्वाटरफाईनल खेलमा चपरहट्टी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेको हो । आरपी ब्रदर्श र टिकुलीगढ एफसी बिच शुक्रबार हुने क्वाटरफाईनल खेलको विजेतासंग खस्यौलीले शनिबार सेमीफाईनलमा प्रतिस्प्रर्धा गर्ने छ ।
खस्यौलीको जितमा एकमात्र गोल अनिकेत थापाले गरे । रेशम चौहानको आर्कषक पासमा अनिकेतले गरेको गोल नै खेलमा निर्णयक बन्यो । खस्यौलीका अनिल क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगल २५ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई नगद ३÷३ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । माघ १२ गतेबाट शुरु भएको प्रतियोगितामा रुपन्देहीका २४ टिमले भाग लिएका छन ।