ट्रेंडिंग:

>> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया

आईसीसी यू–१९ विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

काठमाडौँ ।

आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सअन्तर्गत बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।

नेपालले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७० रनको सामान्य लक्ष्य बंगलादेशले ५ विकेट गुमाउँदै २६ औँ ओभरको दोस्रो बलमा भेट्टायो।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बंगलादेशलाई १ बलअगावै १ सय ६९ रनको चुनौती दिएको थियो।

त्यसलाई पछ्याउने क्रममा बंगलादेशका लागि अरिफुल इस्लाम र जिसम आलमले अर्धशतकीय पारी खेले। इस्लामले ५९ रनको योगदान दिँदा आलमले ५५ रन बनाए।

त्यसैगरी अन्य ब्याटरले गतिलो स्कोर गर्न सकेनन्। उता नेपालका लागि सुवास भण्डारी एक्लैले प्रभावशाली प्रदर्शन गर्दै ५ विकेट झार्न सफल भए।

उनले अशिक्वार रहमान शिविललाई पहिलो विकेटका रुपमा गुलशन झाको हातबाट क्याच आउट गराए। रहमान ३४ बलमा १६ रन बनाएको अवस्थामा पवेलियन फर्किए।

त्यस्तै सुवासले नै तेस्रो क्रमका छ्वाधुर रिजवानलाई ११ बलमा १५ रन बनाएको अवस्थामा विपिन रावलबाट आउट गराउन सफल भए।

सुवासकै बलमा कप्तान देव खनालले बंगलादेशका अर्का ओपनर जिसम आलमलाई आउट गराए। आलमले ४३ बलमा ५५ रनसहितको अर्धशतकीय पारी खेलेका थिए।

त्यसपछि सुवासले नै अहर अमिनलाई बोल्ड आउट गरिदिए। उनी केवल १२ रन बनाएको अवस्थामा आउट हुन पुगे।

सुवासले नै खेलको २३ औँ ओभरको दोस्रो बलमा मोहम्मद शाहिहाब जेम्सलाई कप्तान देव खनालले क्याच गरे।

सुपर सिक्सको खेलअघि नै सेमिफाइनलबाट बाहिरिसकेको नेपाल बंगलादेशसामु खुलेर खेल्न सकेन।

कसिलो बलिङ गरेका बंगलादेशका बलरसामु नेपालका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

नेपालका ५ ब्याटर क्याच आउट भए। दुई ब्याटर भने बोल्ड आउट भए।

नेपालका लागि विशाल विक्रम केसीले १ सय बलमा ६ चौका मद्दतमा सर्वाधिक ४८ रन बनाए।

संकटबीच अर्धशतकनजिक पुगेका विशाल ४३ औँ ओभरको अन्तिम बलमा रोहनत डौल्लाह बोसेनको बलमा बोल्ड आउट भए।

बंगालदेशका बलरसामु शीर्ष क्रमका ब्याटरहरु क्रिजमा टिक्न नसक्दा नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो।

नेपाल एक समय ८.३ ओभरमा ३–२९ को दयनिय अवस्थामा थियो।

चौथो विकेटका लागि कप्तान देव र विशाल विक्रम केसीले ६२ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासे। यद्यपी मध्य क्रमका ब्याटरले पनि नेपालको इनिङस् लामो समय सम्हाल्न सकेनन्।

कप्तान देव खनाल ३५ रन बनाउँदै क्याच आउट भए। ६० बलको सामना गरेका देवले ३ चौका प्रहार गरे। लामो सट खेल्ने धुनमा रहेका देव इलबाल हुसैनको बलका क्याच आउट भए।

ओपनर अर्जुन कुमालले १४ रन थपे। २६ बलमा २ चौका हानेका अर्जुन रोहनतकै बलमा क्याच आउट भए। सुवास भण्डारी १८ रनमा अविजित रहे। दुर्गेस गुप्ता ९ रनमा क्याच आउट भए।

अन्तिम विकेटका लागि सुवास दुर्गेसले २७ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तयार पार्न  सहयोग गरे। नेपालका सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

अलराउण्डर गुल्सन झा ३ रन बनाउँदै आउट भए। सिनियर टोलीमा फिनिसरको छवी बनाएका गुल्सन उमेर समुहमा भने चल्न सकेका छैनन्। मुख्य प्रशिक्षक जगत टमाटाले पनि उनलाई बेन्चमा राख्ने चुनौती लिने आँट गरेका छैनन्।

१३ बलमा ३ रन बनाएका आकाश आकाश त्रिपाठी इलबाल हुसैन एमोनको बलमा महफुजुर रहमान रब्बीको हातबाट क्याच आउट भए।

१२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए।

गुल्सन, आकाश, दिपक बोहोरा र दिपेश कँडेलले समान ३ रन बनाए। आकाश चन्द पहिलो बलमा नै एलबीडब्लु धरापमा परे।

बंगलादेशका लागि रोहनतले चार विकेट लिए। शेख जिवोनले ३ विकेट लिए।

शेखले आफ्नो स्पेलमा २ मेडन राख्दै ३४ रन दिए। इकवाल, मरुफ र जिसानले समान एक विकेट आफ्नो नाममा गरे।

अब आईसीसी विश्वकपको सुपर सिक्सअन्तर्गत नेपालले यही शुक्रबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ। नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगे पनि सेमिफाइनल यात्रा यसअघि नै सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?