ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

राष्ट्रपति रनिङ शिल्ड रोल्पा नगरपालिकाले जित्यो

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

रोल्पा, १७ माघ ।

रोल्पामा दोश्रो जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६६ मध्ये २८ स्वर्ण सहित २२ रजत र २० कास्य पदक प्राप्त गरी रोल्पा नगरपालिका प्रथम भएको छ ।

प्रतियोगितामा त्रिवेणी गाउँपालिका १७ स्वर्ण, १७ रजत र १६ कास्य पदक सहित द्वितीय भएको छ । प्रतियोगितामा माडी गाउँपालिकाले ६ स्वर्ण, ३ रजत र १२ कास्य पदक जितेर तृतीय भएको छ ।

प्रतियोगितामा परिवर्तन गाउँपालिकाले ४ स्वर्ण, ५ रजत र ११ कास्य पदक जितेको थियो । गंगादेव गाउँपालिकाले ४ स्वर्ण, ४ रजत र ३ कास्य, सुनिलस्मृती गाउँपालिकाले २ स्वर्ण, ५ रजत र १३ कास्य, थवाङ गाउँपालिकाले २ स्वर्ण, ४ रजत र १३ कास्य पदक जितेको थियो । यसैगरी प्रतियोगितामा सुनछहरी गाउँपालिका १ स्वर्ण, ३ रजत र २ कास्य, लुंग्री गाउँपालिका १ स्वर्ण, २ रजत र २ कास्य, रुन्टीगढी गाउँपालिका १ स्वर्ण, १ रजत र २ कास्य तथा पदक जितेका थिए ।

प्रतियोगितामा कराँतेतर्फ ९ स्वर्ण, उसुतर्फ ६ स्वर्ण र तेक्यान्दोतर्फ ५ स्वर्ण पदक जितेर रोल्पा नगरपालिका टिम च्याम्पियन भएको थियो । यसैगरी एथलेटिक्सतर्फ ८ स्वर्ण पदक जितेर त्रिवेणी गाउँपालिका टिम च्याम्पिएन भएको थियो ।

प्रतियोगितमा महिला भलिवल तर्फ लुंग्री गाउँपालिकाकी सिम्रन पुन, पुरुष भलिवल तर्फ सुनिल स्मृती गाउँपालिकाका दिनेश भण्डारी, महिला कवड्डी तर्फ रोल्पा नगरपालिकाकी सञ्जिवनी विक उत्कृष्ट खेलाडी घोषित भएका थिए । यसैगरी पुरुष कपर्दी तर्फ रोल्पा नगरपालिकाका निशान्त थापा, एथलेटिक्स पुरुष तर्फ रोल्पा नगरपालिकाका मिलन विक र एथलेटिक्स महिलातर्फ त्रिवेणी गाउँपालिकाका देवा खत्री उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतियोगिता गत शनिवार पूर्व अर्थमन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए । माघ १६ गते सकिने भनिएको प्रतियोगिता एक दिन लम्विएको थियो । अधिकांश खेल जिल्ला सदरमुकाम लिवाङको टुडिखेलमा खेलाइएको भए पनि दौड भने माडीचौर खेलमैदानमा खेलाइएको थियो ।

जिल्लाका दशवटै स्थानीय तहका खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगिता ६६ पदकका लागि प्रतिष्पर्धा भएको थियो । यसअघि जिल्लाका दशवटै स्थानीय तहले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् । जिल्लास्तरीय रनिङशिल्ड जित्ने खेलाडीहरु प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।

तेश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता रोल्पाको थवाङमा सम्पन्न गर्ने गरी ओलम्पिक झण्डा हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?