Butwal Today

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१७ माघ २०८०, बुधबार
अ+
अ-

आज मिति २०८० साल माघ १७ गते बुधबार। तदनुसार सन् २०२४ जनवरी ३१ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४५। माघ कृष्णपक्ष पन्चमी /षष्ठी तिथि , हस्ता नक्षत्र । आनन्द योग। गर करण। कन्या राशीमा चन्द्रमा ।

काठमाडौंमा सूर्योदयः प्रातः ६.५३ / सूर्यास्तः १७.४२ बजे ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धनलाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ।मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ ।प्रेममय रुपमा दिन बित्नेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजसेवा तथा राजनिति गर्नेहरुले अपमान तथाआलोचना सहनु पर्नेहुँदा काम गर्दा ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खेप्नु पर्नेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)

अध्ययनमा रुचि घट्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । जीवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ ।साझपख पापकर्ममा मन जाला ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)

आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)

व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

धन तथा प्रिय पदार्थको नोक्सानी हुने योग छ । काम विग्रने खालको समय रहेको छ । मनअशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सक्रिय हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)

आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।दिन रमाइलोसग बित्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घरायसी काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।दिन रमाइलोसग बित्नेछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)

मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ। शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)

उत्तम वस्त्र प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)

स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ ।अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । नोकरी तथा व्यापारमा समस्या आउनेछ । पढाइमा मन जाने छैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साथीभाइहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । चोटपटकको संभावना रहेकोछ । आँटेको काम पुरा हुनेछैन् पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।