© २०२३
बुटवल, १६ माघ । बुटवलमा जारी प्रथम आहाना कप २०८० सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगितामा खस्यौली एफसी विजयी हुदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय सुसिल मगर र संजय लामाको सम्झनामा आहान एफसीको आयोजनामा देविनगरस्थित खेलमैदानमा मंगलबार भएको प्रि क्वाटरफाईनल खेलमा मातृभुमि एफसीलाई ३–० गोलले पराजित गरेको हो ।
खस्यौलीको जितमा अकित थापाले २ तथा सुरज मल्ल ठकुरीले १ गोल गरेका थिए । खस्यौलीले चपरहट्टी एफसीसंग माघ १८ गते क्वाटरफाईनल खेल्ने छ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगल २५ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई नगद ३/३ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । माघ १२ गतेबाट शुरु भएको प्रतियोगितामा रुपन्देहीका २४ टिमले भाग लिएका छन ।